२४ बर्षीय कम्बोडियन नायिका डेनी नानलाई आगामी एक बर्षसम्म कुनै फिल्म बनाउनबाट सरकारले निषेध गरेको छ । देशको सरकारले मिस नान लाई आवश्यकताभन्दा बढी सेक्सी भएकोले निषेध गरेको हो । उनले अबको एक बर्षसम्म कुनै फिल्म खेल्न पाउने छैनिन् ।
कम्बोडियाको संस्कृती अनी आर्ट मिनिस्ट्रीका अनुसार, उनले फेसबुकमा राखेको फोटोले आचारसंहिताको उल्लंघन गरेको छ । फेसबुकमा संसारभरका ३ लाखबढी मानिसहरु फलो गर्छन् ।
नायिका नानका अनुसार उनले अन्य नायिकाहरुको तुलनामा त्यस्तो केहि गरेकी छैनन्, जसको कारण उनलाई फिल्म खेल्नबाट निषेध गर्नुपर्ने होस् ।
नान भन्छिन्, ‘कम्बोडियामा कैयौँ सेक्सी कलाकारहरु छन् । कतिपयले त सुटिङको बेला म भन्दा पनि बढी सेक्सी पोज दिन्छन् । उनीहरु किसिंग सिन अनी इरोटिक सिन पनि गर्छन् ।’
मिडिया रिपोर्टस्का अनुसार नानले भनिन्, ‘म फेसबुकमा तस्बिरहरु पोष्ट गर्ने समयमा म धेरै सेक्सी नदेखिँउ अनी नेचुरल देखिँउ भन्ने कुरामा जोड दिन्छु ।’
त्यहाँका डिसिप्लिनरी काउन्सिलका प्रमुख कामरोन वंथाले भने, ‘मिस नानलाई यो सजाय दिइएको छ किनकी उनी मिनिस्ट्रीसँग गरीएको लिखित बाधालाई पुरा गर्न असफल रहिन् ।
नानले एक कम्बोडियन अखबारलाई भनिन्, ‘जब संस्कृती मन्त्रालयका मानिसहरुले पहिलोपटक बोलाए, उनीहरुले मलाई छोरीलाई जस्तै सम्झाए । मेरो इच्छाअनुसार कपडा लगाउनु मेरो अधिकार हो ।’
ननले भनिन्, ‘मिनिस्ट्रिको आचारसंहिताको लक्ष्य कला अनी सँस्कृतीको संरक्षण गर्नु हो । अनी देशको पहिृचान अनी कला लाई पर्ने नकरात्मक प्रभावबाट रोक्नु हो ।’