सिन्ड्रेला नेपालको उपाधि स्नेहा लाई

काठमाडौं : प्यासिफिक इभेन्ट मेनेजमेन्टले राजधानीमा आयोजना गरेको ‘सिन्ड्रेला नेपाल-२०१७’ को उपाधि स्नेहा पौडेलले जितेकी छन् । आफ्ना २८ जना स्पर्धीलाई उछिन्दै पब्लिक च्वाइजसहित उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा आर्या ख्डका र अनुष्का खड्का क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । ९ देखि १३ वर्ष उमेरसमूहको छात्राहरू सहभागी प्रतियोगीमा मिस बेस्ट क्याटवाक र मिस ट्यालेन्ट सयुरी कडरिया, मिस इनोसेन्ट सीमा खत्री, बेस्ट हेयर न्यान्सी गुप्ता, बेस्ट स्किन समिरा तामाङ, फोटोजेनिक श्रीषा नकर्मी, मिस पर्सनालिटी सोनाक्षी पोखरेल, मिस फ्रेन्डसिप श्रीष्मा प्रसाई, बेस्ट ड्रेस आभा शर्मा, मिस चार्मिङ प्रेरणा शेर्पा, बेस्ट स्माइल सुदिता लिङ्देन र डिस्प्लिन श्लेष्मा विष्ट भए । मोडल विपना थापाको कोरियोग्राफीमा भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो । सो अवसरमा रुकमान लिम्बूले आफ्नो गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार