जितपुर (कपिलवस्तु)- कपिलवस्तुमा एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ।
दुर्गाको मूर्ति विसर्जन गर्न जाँदा महाराजगञ्ज नगरपालिका–७ कुशहवाकी १८ वर्षीया रोशनी शुक्लाको कञ्चनिया नदीमा डुबेर मृत्यु भएको हो ।
आज बिहान कलश सेलाउन नदीमा पस्दा डुबेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ । दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीमा सामेल भएर उनी नदीमा गएकी थिइन् ।
उनको शव परीक्षणका लागि शिवराज अस्पताल, बहादुरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।