NRNA पोर्तुगलमा पहिरो – राजीनामा दिनेको ओईरो – NRNA पोर्तुगलको कार्यसमितिको पहिलो बैठकमा नै राजिनामा दिने क्रम शुरु

NRNA पोर्तुगलको कार्यसमितिको पहिलो बैठकमा नै राजिनामा दिने क्रम शुरु – किन दिए लाल नेपालीले राजीनामा ?

भोइस अफ नेपाल, युरोप। गैर आवासीय नेपाली संघ पोर्तुगलको कार्यसमितिको पहिलो बैठकबाटनै नै कार्यसमिति सदस्यहरुले राजीनामा दिने क्रम शुरु भएको छ। संघको नया कार्यसमितिको गठन र कार्यशैलीसंग शुरुको दिनदेखि नै कार्यसमितिका पदाधिकारीहरु असन्तुष्ट हुदै संघभित्र व्यापक बिरोध र बहस शुरु भएको थियो।

(बाँयाबाट तेस्रो निलो चेक सर्टमा – लाल नेपाली )

गैर आवासीय नेपाली संघ पोर्तुगलको नव निर्वाचित कार्यसिमितिको सपथ, बधाई तथा कार्यभार समारोहमा सर्वसम्मितिबाट निर्वाचित अध्यक्ष कुबेर कार्कीले आफ्नो मन्तब्य सकिसकेपछि फेरी फर्केर कार्यक्रम संचालकबाट माइक लिई मनोनित गरिएका उपाध्यक्ष तिलक गैरेलाई बरिष्ठ उपाध्यक्षमा घोसणा गरेको सुनाएपछि त्यही सभाकक्षबाट बिरोध शुरु भएको थियो।मनोनित गरिएका तिलक गैरे कसरी बरिष्ठ उपाध्यक्ष भए भन्ने पत्रकारहरु र उपस्थित सर्वसाधरणको प्रश्नमा नवनिर्वाचित अध्यक्ष कुबेर कार्की मौन रहे र उत्तर दिनु उचित सम्झेनन्। ३ उपाध्यक्ष सहित जम्मा ५ पदका लागि भएको निर्वचनमा नया कार्यसमितिको बैठक बिना नै अन्य मनोनयन गरी ९ उपाध्यक्ष सहित ३९ सदस्यीय जम्बो कार्यसमितिलाई पदभार र सपथ ग्रहण गराएपछि उपस्थित सबैले निर्वाचन गर्नुको औचित्यमाथि नै प्रश्नचिन्ह गरेका थिए।

नवनिर्वाचित कार्यसमितिका मनोनित सदस्य नरभुपाल राईले कार्यसमितिको पहिले बैठक पूर्वनै राजिनामा दिएका थिए यधपी उनले पहिलो बैठक पुर्वनै किन राजिनामा दिए भन्ने बिषयमा कोही पनि बोल्न चाहेनन्। राई नेपाल आदिवासी जनजाती महासंघ पोर्तुगलका अध्यक्ष भएकोले उनलाई सदस्यमा मनोनित गर्नु भनेको महासंघको अपमान भएको कुरा नाम उल्लेख नगर्ने सर्तमा महासंघका एक पदाधिकारी बताउछन्।

को हुन् लाल नेपाली र किन दिए पहिलो बैठकबाटै राजीनामा ?

लाल नेपाली बिगत ५ बर्षदेखि पोर्तुगलमा बस्दै आएका एक कलाकार तथा निर्देशक हुन्। नेपालको बहुचर्चित टेलिसिरियल “कालिगण्डकीको सेरोफेरो “को निर्माता तथा कथाबस्तुकार हुन् उनी । राजनीतिक हिसाबले रा. प्र. पा. निकट रहेका नेपाली हिन्दुधर्म र राजा समर्थक मानिन्छन भने रा. प्र. पा. का केन्द्रिय सदस्य समेत भईसकेका छन् । राष्ट्रवादी मिलन केन्द्रका महामन्त्री र प्रवक्ताको अनुभव सम्हालेका नेपालीलाई नेपालको परिबेशमा जातीय बिछेद बिरुद्द सचेतनाको लागि टेलिचलचित्र निर्माण गरेवाफत अभिनिन्दित उनि बिरेन्द्र ऐस्वर्य पदकबाट समेत विभूषित छन्। यतिहुदाहुदै पनि एन आर एन एक बिशुद्द सामाजिक संस्था भएकोले यसभित्र राजनीति हाबी हुनुहुदैन भन्ने मनसायले स्वतन्त्र सदस्य उम्मेदवारी दिएका लाल नेपाली २०१७-२०१९ का लागि निर्बिरोध निर्वाचित भएका थिए।

संघको नयाँ कार्यसमितिको कार्यशैली र अध्यक्ष कुबेर कार्कीको हुकुमीतन्त्रको कार्यसिमितिका अधिकांस सदस्यहरुले बिरोध जनाएका छन्। कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुको भावनाको कदर नभएको र उनीहरुको विचारको सुनुवाई नभई, मनोनित गरिएका आफ्ना निकटका पदाधिकारीहरुको मात्रै विचार र भावनालाई संघमा हैकम जमाउने परिपाटी देखेर दिक्क भएका अधिकांस सदस्यहरु राजिनामा दिने तयारीमा रहेको जानकारी बिशेष श्रोतबाट प्राप्त भएको छ। नवनिर्वाचित कार्यसमितिको फेसबुक र भाइबर ग्रुपमा समेत सम्पुर्ण पदाधिकारीहरुलाई समाबेश नगराईनुले समेत संघको नया कार्यसमितिभित्र भएको असन्तुष्टि र फुट प्रष्टै देखिन्छ।

आफ्नो माटो र राष्ट्र छोडेर परदेशको भूमिमा नेपाली समाज र रास्ट्रका लागि केही काम असिम चाहना हुदाहुदै पनि संघभित्र देखिएको राजनीति, पदका लागि खिचातानी , राजनीतिक हस्तक्षेप हाबी, अपारदर्शिता, तानाशाहीतन्त्र आदिले असहज वातावरण सिर्जना भएको अधिकांसको गुनासो छ। नेपाली समाज र राष्ट्रसेवाको असिम चाहना हुदाहुदै पनि संघभित्र देखिएको तानाशाहीतन्त्र र असहज परिस्थितिमा जनभावनाको कदर नहुने र त्यस्तो परिस्थितिमा आफु काम गर्न नसक्ने, संघको बैठकमा केही हैकमबादहरुले पहिले नै आन्तरिक निर्णय गरिएका कुराहरुमा संघको बैठकमा उपस्थित भएर हाजिर मात्रै लागाउनुको कुनै औचित्य नभएको भन्दै नया कार्यसमितिलाई आफ्नो काम गर्न सहज होस् भनी राजिनामा दिएको बताउछन लाल नेपाली।

लाल नेपालीसंगै संघको पहिलो बैठकसम्म राजिनामा दिनेको संख्या दुई पुगेको छ भने अझै कयौ असन्तुष्ट पदाधिकारीहरु राजिनामा दिने तयारीमा रहेको श्रोतको दाबी छ।

अबको बाटो :

गैर आवासिय नेपाली संघ पोर्तुगल र स्वयम् अध्यक्षले निर्वाचित पदाधिकारीहरु र जनभावनाको कदर गर्दै अगाडी बढ्नसक्नुपर्छ। जबसम्म अधिकाँस सदस्यहरुको बोलीको सुनुवाई हुदैन, र जनभावनाको कदर हुदैन, संघलाई अध्यक्ष एक्लैले आफना नजिकका २-४ जना सारथिहरूलाई संगै लगेर मात्रै सामुहिक हितका काम गर्न असम्भव नै छ। २-४ जना सारथीहरू मात्रै लिएर अगाडी बढेको अधिल्लो कार्यसमिति जसरी काण्डै काण्डमा मुछियो, यो नवनिर्वाचित कार्यसमितिले त्यसको साख जोगाउन मात्रै पनि सक्यो भने ठुलो उपलब्धी मानिनेछ। पोर्तुगलावासी नेपालीहरुको एउटै भनाई छ – ” निर्वाचनबाट चुनिएर आएका पदाधिकारीहरुको आवाज संघ र अध्यक्षले सुनुन, जनहितमा कार्य,  निर्णय होस्  र  निर्वाचनको मताधिकारको कदर होस्। ।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार