राष्ट्रपति भण्डारीद्वारा टिका ग्रहण – सर्वसाधारणलाई टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार हान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाईदिएकी थिइन् ।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाइदिइन् । राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।

तस्बिरहरु: रत्न श्रेष्ठ/रासस ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार