पोर्चुगलमा आवास अनुमति खोज्ने विदेशीहरूको संख्या नयाँ कानूनकोकार्यान्वयन पछि आकाशिएको छ।
अध्यागमन कार्यालय सेफ (SEF) का अनुसार, नयाँ कानुनको कार्यान्वयन भएको पहिलो हप्तामा नै आवास अनुमति लागि आवेदकनहारू १३०० प्रतिशतले वृद्धि भएको छ, जसमा रोजगारीका आधारमा पोर्तुगलको सरकारलाई तिरेको करको आधारमा आप्रवासीहरुलाई आवास अनुमति दिईनेछ ।
SEF ले लेफ़्टिष्ट सरकार द्वारा बनाईएको नयाँ नियमहरुमा चिन्ता समेत ब्यक्त गरेको छ। सेफको भनाइ छ – ” आप्रवासी अध्यागमनको नया नियम गैरकानूनी आप्रवासन नेटवर्कद्वारा प्रयोग गर्न सकिने सम्भावना भएकोले यसले गैरकानुनी आध्यागमनलाई प्रोत्साहन गर्दछ ।”
आप्रवासीहरुको आवासको लागि बनेको नया नियम लागु भएको एक हप्तामा मात्रै चार हजार भन्दा बढीले आबेदन दिएका थिए, जसमा ब्राजिल , भारत, नेपाल , केप भेर्द, र युक्रेन प्रमुख छन् ।