नवरात्रको अन्तिम दिन प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको मनकामना मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ ।
मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो ।
राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । दशैमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । मनकामना मन्दिर, गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ ।
यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहूको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ ।
अहिले मनकामना मन्दिरको पुनःनिर्माण समेत भईरहेको छ ।