बैतडी । महाअष्टमीको दिन, बैतडीको देहिमाण्डौमा रहेको निंगलाशैनी भगवती मन्दिरमा राँगाको बलि दिने क्रममा भागदौड मच्चिँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ की ११ वर्षकी कविता विष्ट, १४ वर्षकी सरस्वती विष्ट, ३४ वर्षका नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षका देव सिंह ऐरी, दशरथचन्द नगरपालिका–४ का २२ वर्षका दिपेन्द्र वोहरा, ४० वर्षकी खिमा कार्की र ३० वर्षका विनित चन्द रहेका छन् । बलि दिइरहेका बेला एक्कासी राँगो भागेर आएपछि दौडादौड भएको थियो । राँगाले हान्दा उनीहरु घाइते भएका हुन् ।