अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी का एक बिद्यालयका पूर्व सहायकलाई यौन दुर्व्यवहार गरेको प्रकरणमा १ सय बर्षको कैद को सजाय सुनाईएको छ l
२३ बर्षिय डिवन्ट क्यारावे नामक युवाले आफ्नो निजि सेलफोन (भ्रमण ध्वनि )मा बालबालिका का यौन कार्य गरेको भिडियो लिएको र अन्यलाई हिस्सा गरेको आरोपमा १ सय बर्ष को सजाय न्यायाधिसले सुनाएका हुन् l उनि मेरी ल्याण्डको जज सिल्भेनिया वुड्स इलेमेन्टरि बिद्यालयका सहायक हुन् l
उनलाई २ सय ७० वटा नाबालिग यौन दुर्व्यबहार सम्बन्धि फौजदारी मुद्धा साथै यौन अपराध र अश्लिल तस्बिरहरु राखेको आरोप छ l उनलाई गत महिना मात्र संघीय सरकार बाट ७५ बर्षको सजाय सुनाईएको थियो भने यो १ सय बर्षको सजाय एक साथ चल्ने छ l उनले बिद्यालयका बिधार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ७५ बर्ष को सजाय सुनाएको थियो l
उनले सन् २०१५ को शरद ऋतु देखि यौन दुर्व्यवहार गरेको वादीले आरोप लगाएका थिए भने झन्डै १ बर्ष सम्म भन्दा ज्यादा कुकृत्य गरेको एनबिसीन्युज समाचारमा लेखेको छ l
उनले यौन दुर्व्यवहार गरेको आफैले भिडियो समेत खिचेका थिए भनि समाचारमा उल्लेख गरिएको छ l सन् २०१६ को फेब्रुअरीमा उनलाई ९ बर्ष उमेरका एक बिद्यार्थीका काकाले उनको आफ्नो सेल फोन(घुम्ती )मा नग्न चित्र देखेकोले प्रहरीले अनुसन्धान गरेको समाचार छ l
गत महिना मात्र उनलाई यौन शोषण तथा बाल अश्लिल भिडियो निर्माण गर्ने कार्यमा १५ वाट संघीय दोषारोपण लगाईएको थियो l उनले यसमा आफु संलग्न भएको कबुलेका छन् l क्यारावेलाइ आज बिहिबार मेरी ल्याण्डको अपर मार्लबोरोको प्रिन्स जर्जको अदालतमा जम्मा ३ सय ९५ बर्षको सबै गरेर सजाय सुनाइएता पनि १ सय बर्षको सजाय निलम्बन गरिएको डब्लुटिओ मा समाचार छ l
तस्बिर : प्रिन्स जर्ज काउन्टी प्रहरी