नबलपरासि जिल्लाको हुर्रसीकोट गाँउपालिका २ कोलिया टोलकी ६१ बर्षिया नर कुमारी कार्कीलाई अस्पतालले मृत घोषणा गरेको आरोप लगाईएको हो । गएराती सर्पले डसेर घाईते महिलालाई अस्पताल ल्याईएको थियो । तर अस्पतालमा आईसीयु नभएको भन्दै बेडमा उपचार गरिएकामा आज विहान मृत घोषणा गरिएको आफन्तको आरोप छ ।
तर यस बिषयमा भरतपुर अस्पताका मे.सु रुद्र प्रसाद मरासिनीले आँफु जानकार नरहेको र आँफुले बुज्ने बताएका छन। मरासिनी काठमाण्डौ रहेको र निमित्त मे.सुको समर्पक सुत्र माग्दा दिन नमिल्ने बताएका छन । अस्पतालले मृत घोषणा गरिएकी नर कुमारीलाई देबघाटमा चितामा जलाउन लाग्दा जिबित भएको शंखा लागेर नरमायालाई पुनः भरतपुर सरकारी अस्पतालको आकस्मिक कक्षमा राखिएको हुर्रसीकोट गाँउपालिका वडा –२ का वडा अध्यक्ष पदम बहादुर क्षेत्री पौडेलले जानकारी दिनु भएको छ । पौडेलका अनुसार ईलाका प्रहरी कार्यलय देबघाटका हवलदार सुजन गिरीले उत्त महिला मृत नभएको र जिउदै रहेको बताए पछि कार्कीलाई चिताबाट निकालेर फेरी अस्पतालमा भर्ना गरिको छ ।
यसै बिच बिहिबार साँझ ७ बजे फोन समर्पक गरि मेसु मरासिनीले कार्की मृत भएको जानकारी दिएका छन । मरासिनीका अनुसार आँफुहरुले बिरामीलाई मनिटरमा हालेर चेक गर्दा डेथ भएको रिर्पोट आएको बताएका छन ।