अफगानिस्तानमा आत्मघाती आक्रमण – १२ सुरक्षा अधिकारीको मृत्यु, ४ गम्भीर घाइते

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका प्रहरी प्रवक्ता जिया दुरानीले बताउनुभएको छ ।

आतंककारीले बिहीबार बिहानको व्यस्त समयमा मारुफ जिल्लामा रहेको प्रहरी विभागलाई लक्ष्य गरी आत्मघाती कारबमको योजना गरेका र त्यसमा परी १२ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका जिल्ला प्रहरी प्रमुख नादिर खान दुरानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । यद्यपि एक सुरक्षा अधिकारीले आफ्नो नाम नबताउने शर्तमा १६ सुरक्षा अधिकारीको सो आक्रमणमा मृत्यु भएको बताएका छन् ।

तालिवान आतंककारी समूहका प्रवक्ता कारी युसुफ अहमादीले सञ्चारमाध्यमलाई सम्पर्क गरी यस आक्रमणको दाबी गरेका छन् । साथै यस आक्रमणमा दुई दर्जनभन्दा बढी सुरक्षा अधिकारीको ज्यान गएको पनि उनले दाबी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार