दिल्लीमा बसोबास गर्दै अाएकी एक महिला जो अाफ्नो जमिनको हेरचाहका लागि दिल्लीबाट राजस्थानको बिकानेर अाएकी थिइन । जसलाइ केही मानिसहरुले अाफ्नो गाडीमा जबर्जस्ती उठाएर लगे अनि सुनसान ठाउँ बासी बरसिंहसरमा लगेर २३ जनाले पालैपालो बलत्कार गरेर त्यस महिलालाइ त्यही छाडेर भागेका थिए । केहि समय पछि ती महिलाले पुलिसमा गएर केस दर्ता गराइन । तत्कालै त्यहाँको पुलिसले खाेजतलास गर्न शुरु गरयाे र दुइ जनालाइ पक्रन सफल भयाे ।
अहिले बलत्कृत महिलालाइ चेकजाँचको लागि अस्पताल पठाएको छ भने बाँकीलाइ पक्रन पुलिस तैनाथ गरिएको छ । बलत्कृत महिलाको श्रीमान् व्यापारी हुन जसले गरगहना बनाउने काम गर्छन । अब दिल्लीको अालवा अर्को सहरमा पनि महिला सुरक्षित छैनन् भन्ने देखिन्छ ।