जहाँ यातायात व्यवसायीबाट गाउँपालिकाका अध्यक्ष नै ठगिन्छन, सर्वसाधारणको के कुरो गर्नु ?

रामेछाप । दशैँको बेलामा घर फर्किने क्रममा सर्वसाधारण यातायात व्यवसायीबाट ठगिने क्रम बढेको छ । सार्वजनिक सवारी साधनहरुले तोकिएभन्दा बढी भाडा लिने मात्र नभई गन्तव्यमा नपुर्‍याई बीचमै अलपत्र पार्ने गरेका छन् ।

काठमाडौंबाट नियमित रुटका गाडीलाई ‘रिजर्भ’का नाम दिएर व्यवसायीले ठगी गरिरहेका छन् ।सदरमुकाम मन्थलीबाट बाहिरका गन्तव्यमा हिँडेका यात्री बढी ठगिने गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष नै ठगिए :

मनपरि भाडा लिँदा पनि व्यवसायी र कर्मचारीले तोकिएको ठाउँमा पुर्‍याउँदैनन् । उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर पुन नै व्यवसायीको लापरवाहीको शिकार बनेका छन् ।

उक्त गाउँपालिकाका बाम्ती, रस्नालु, प्रितीलगायत गन्तव्यमा हिँडेका यात्रीलाई दुई गुणा भाडाा लिएर रस्नालु, ठोसेलगायत बीच ठाउँमै छाडिदिने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार