नेपाली चेली इन्दिरा राना मगर बीबीसीको “ संसारकै १०० प्रेरणादायी र सृजनशील महिला” मा छानीइन् – पढ्नुहोस् उनको प्रेरणादायी कथा

एजेन्सी । “१०० विमिन” अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूची तयार पारेको छ । नेपालबाट इन्दिरा राना मगर परेकी छन् ।  यो वर्षको सूचीमा परेका महिलाहरुले “१०० विमिन च्यालेन्ज” अन्तर्गत विश्वका महिलाले भोगिरहेका प्रमुख समस्याको सामना गर्दै हल खोज्ने प्रयत्न गरिरहेका छन् ।

चारवटा टोलीमा बाँडिएका ती महिलाहरुले सृजनशील तरिकाको यी विषयहरुसँग जुध्ने उपायबारे आफ्ना अनुभव साट्ने छन् । यसपालि अझै पनि ४० जना महिलाको चयन हुन बाँकी नै छ । “१०० विमिन” अन्तर्गतका प्रसारण जारी रहँदै गर्दा महिलाका प्रमुख चुनौतीहरुको सामना गरिरहेका थप महिलाहरुलाई यो सूचीमा समावेश गरिनेछ ।
’१०० विमिन’ अन्तर्गत अहिलेसम्म छानिएका ६० जनामा नासाकी अन्तरिक्षयात्री पेगी ह्वीट्सन, लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ र इन्गलण्डका फुटबल खेलाडी स्टेफ हग्टन रहेका छन् । अन्य ४० जनाको नाम अक्टोबर महिना लागेपछि थपिने छ । कलाकार तथा कवयित्री रुपी कौर एसिड आक्रमणबाट बच्न सफल रेशम खान र टीभी स्टार जीन सिङ पनि यो सूचीमा रहेका छन् ।

को हुन् इन्दिरा ?
नेपालकी इन्दिरा राना मगर पनि १०० विमिनको प्रारम्भिक सूचीमा समावेश छन् । उनी प्रिजनर्स असिस्टेन्स् नेपालकी संस्थापक हुन् । उनी भन्छिन्, “हरेक बालकमा अँध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्वीतीय प्रकाश हुन्छ ।” जेल सुधार अभियानकर्ता समेत रहेकी इन्दिरा राना मगरले विगत २७ वर्षदेखि कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आएकी छन् । हरेक बालकमा अध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्धितीय प्रकाश हुन्छ

इन्दिरा राना मगर, संस्थापक, प्रिजनर्स असिस्टेन्स नेपाल
उनले ती बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी हुन् । उनी एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा छानिएकी छन् । आउने सातादेखि बीबीसी नेपाली सेवाले पनि पुरुषहरुको आधिपत्य तोड्दै उच्च पद सम्हाल्न सफल भएका प्रभावशाली महिलाहरुबारे रेडियो र अनलाइनमा विभिन्न सामाग्री राख्दैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार