केसीको १२ औ अनशन स्थगित

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगन भएको घोषणा गरेका छन्।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि सुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको बुधबार विज्ञप्तिमा जनाएका छन्। प्रा डा केसीले असोज ९ गतेदेखि पाँच सूत्रीय माग राखी अनशन सुरु गरेका थिए।उनीद्वारा जारी विज्ञप्तिमा पाँच सूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः सुरु गरिने चेतावनी दिइएको छ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो। प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार