गोरखाबाट फूलपाती हनुमानढोका दरवार लगियो

Gurju Paltan fires a gun as Phulapti was brought to Hanumandhoka in the capital.  PHOTO/SANJOG MANANDHAR (Filephoto)

गोरखा: फूलपातीको दिन बिहान गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका दरवारमा लगिएको छ। ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको हो। गोरखकाली मन्दिरका पुजारी, कलशेनी, मंगलेनी, भित्रिया सुसारेहरुले तयार गरेको फूलपाती बिहान आठबजे काठमाडौंको हनुमानढोका दरवारका लागि पठाइएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख मञ्जुसिँह भण्डारीले बताइन्।

यहाँबाट पठाएको पुगेपछि मात्र हनुमानढोका दरवारमा भित्र्याउने परापूर्व कालदेखिको परम्परा छ। बिधिपूर्वक पूजाअर्चना गरेर दरवारका सुसारेहरुले बिहान शुभ साइतमा फूलपाती सहितको डोली काडमाण्डौं पठाएका छन्।
फूलपाती बा १ झ ६५४८ नम्बरको गाडीमा राखेर पठाएको हेरचाह अड्डाकी प्रमुख भण्डारीले बताइन् । गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरवार पुर्‍याएपछि साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरवारको दशैं घरमा पनि साँझ फूलपाती भित्र्यान्छ। गोरखकालीलाई शाहं परिबारको कुलदेवता मानिन्छ।
नेपाल एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि गोरखकाली मन्दिरको दशैंघरबाट ल्याएर फूलपाती हनुमानढोका दरवारमा भित्र्याउने परम्परा सुरु भएको हो। बाट राजकाज सुरु गरेदेखि बर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरवारमा भित्र्याउने प्रचलन सुरु भएको हो। गोरखा दरवारको दशैं घरबाट सतिपिपलस्थित फूलपाति चौतारासम्म सुसारेहरुले फूलपातीको डोली बोकेर ल्याएका थिए।
गोरखा दरवार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, गोरखा धिमेपुचः, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरवार पठाएको हो। दरवारस्थित दशैं घरबाट मालश्री धुन र धिमे बाजागाजासहित सतिपिपलसम्म र्‍याली निकालिएको थियो।
सतिपिपलबाट १०० जना भन्दा बढी मोटरसाइकल चालक युवाहरुले फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरेको थियो।फूलपाती विदाइ समारोहमा गोरखा नगरपालिकाका मेयर राजन पन्त, जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल, दरवार हेरचाह अड्डाकी प्रमुख भण्डारी, स्थानीय विकास अधिकारी नारायण आचार्य सहभागी थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार