फुलेको फूल देखे टिप्छ मान्छे
फलेको फल देखे लुच्छ मान्छे
आज उ फुल्दैछ ,फल्दैछ
मान्छेका नजरहरु
उसै तिर तेर्सिएका छन
कहिले टिप्न खोज्छन ,
कहिले लुच्छ्न खोज्छन ….!!!
*******
जब उ ढुङ्गा चपाएर
दिन काट्थ्यो
र पुन : सुर्योदय संगै मुटुका धड्कन छाट्थ्यो ,
जब उ मनमनै हजारौ
टुक्रामा फाट्थ्यो
र निथ्रुक्क आशुले रुझ्थ्यो
कहिले आलिसान महलका चौघेरा त
कहिले कोट पाइन्ट र टाइको ओत लाग्थ्यो ..!!!
******
कहिले सफा सहरियाको
आगनमा थुप्रियेको कसिङर
सजाउने कालिगढ बन्थ्यो !!
तब उस्लाई कसैले देखेन …
**.
सभ्यताको ढोङी बिकुल बजाउने
सभ्य समाजका भद्र सेबिहरु ,
मानवताको उच्च मुल्याङ्कन गर्ने
भब्य मानबहरुका
श्रीङ्गारित आस्स्वाशनको पोका
काखी च्यापी गहिरो निन्द्रा
निदाउथ्यो उ चिसा गल्लिहरुमा ।
***************
रुक्थेन उ आफ्नो बर्बादी
देख्दा पनि टुट्थ्यो ,
बिखृन्थ्यो , दुख्थ्यो ,
अलपत्र पर्थ्यो उ ….
****
पुन : उस्को लाचार कोसिस सुरु हुन्थ्यो ,
उस्को लाचार कोसिस
त्यती कम्जोर थिएन
कि उ सजिलै हार मानोस
र
थाकोस । ।
*******
आफ्ना रङ्गहरु
रङ्गाउदै गयो उ
कती रङ्गमा मुर्झायो होला
त कती रङ्ग मा फुल्यो होला उ !
कतीमा फक्रियो होला त
कतिमा फल्यो होला उ !!!!