काठमाडौं,
आज सेप्टेम्बर २६ । अन्तर्राष्ट्रिय परमाणु हतियार नस्ट दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २०१३ मा एक प्रस्ताव पारित गरी २६ सेप्टेम्बरलाई परमाणु अस्त्र समूल नस्ट दिवसकारुपमा मनाउने निर्णय गरेको थियो । तर, राष्ट्रसंघको भावनाविपरीत आजपनि विश्वमा आमविनाशकारी हतियारको होड तीव्र बनिरहेको छ ।
पछिल्लोपटक उत्तर कोरिया प्रकरणले विश्वमा तनाव बढिरहेको छ । यद्यपि, विश्वमा अहिलेपनि सबैभन्दा बढी आमविनाशकारी हतियार रुससँग रहेको छ ।
विश्व महाशक्ति अमेरिकालाई पछि पार्दै रुसले ठूलो मात्रामा परमाणु हतियार निर्माण र संग्रह गरेको हो । वासिङटनस्थित आम्र्स कन्ट्रोल एसोसिएसनको करिब सात महिना पुरानो प्रतिवेदनअनुसार रुससँग सात हजार त्यस्ता विनाशक परमाणु हतियार छन् भने अमेरिकासँग ६ हजार ८०० को संख्यामा रहेका छन् ।