वडादशैंको अवसरमा १७ जना कैदीवन्दीहरु रिहा

  देवचन्द्र भट्ट

नुवाकोट : सरकारले नुवाकोट र रसुवाबाट ४० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दी रिहा गरेको छ । सरकारले वडादशैंको अवसरमा सोमबार नुवाकोट र रसुवा जिल्ला कारागारमा कैद जीवन बिताइरहेका १७ जना कैदीवन्दीलाई बाँकी कैद मिनाहा गरी रिहा गरेको हो ।

विदुर नगरपालिका वडा नं. १ ढुंगेमा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर्‍याई वन्दी जीवन विताइरहेका १२ र रसुवाको धुन्चे कारगारबाट ५ जना वन्दीलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । रिहा भएकामा मध्ये ६ जना सवारी ज्यान मुद्दा र पाँज जना कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए ।

नुवाकोट जिल्ला कारागारवाट रिहा भएकाहरुमा सवारी ज्यान मुद्दा अन्र्तगतका धादिङको निलकण्ठ १० का २७ वर्षीय सम्राट गजमेर, नुवाकोटको ककनीका ४३ वर्षीय सन्तवहादुर तामाङ, ककनीका ४० वर्षीय कमल लामा, रातमाटेका ३० वर्षीय विक्रम राई, पन्चकन्याका ३२ वर्षीय केशव थापा, २७ वर्षीय सन्जिव अधिकारी रहेका छन भने

कर्तव्य ज्यान मुद्दाका खड्ग भञ्ज्याङका ३३ वर्षीय हरिवहादुर लामा, रसुवाको डाडागाउंका ४३ वर्षीय वीरवहादुर मोक्तान, भद्रुटारका ३६ वर्षीय चित्रवहादुर खतिवडा, नगरपालिका वडा नं. ६ का ४१ वर्षीय अणप्रसाद पौडेल र भद्रुटारका ४२ वर्षीय कृष्ण पण्डित रिहा भएको नुवाकोट कारागार कार्यालयका प्रमुख तथा जेलर टंकराज चिमोरियाले जानकारी दिए ।

वहुविवाहमा खड्ग भन्ज्याङका ४० वर्षीय राजनप्रसाद रिमाल रहेका छन् । कैद मिनाहा पाएर रिहा भएकाहरुमा मुद्दाको अन्तिम फैसला भएर गत २०५८ साल पुसमा थुनामा रहेका देखि २०७४ साल असारदेखि थुनामा रहेकाहरु छन् । नुवाकोट कारागारबाट दसौं गणतन्त्र दिवसका अवसरमा गत जेठ १५ गते पनि सात जना कैदीवन्दी रिहा गरिएको थियो ।

सैं अवसरमा रसुवा कारागारबाट रिहा भएका ५ जना मध्ये कर्तव्य ज्यान मुद्दामा कन्चनपुरका लक्ष्मीपुरका ३९ वर्षीय नरवहादुर वोहरा, चोरीडकैती मुद्दाका नुवाकोट तलाखुका २५ वर्षीय सुरज विक, चोरीडकैती मुद्दाका ओखलढुंगाका ३४ वर्षीय तारानाथ जाना, कुटपिट मुद्दाका नुवाकोट मनकामनाका २९ वर्षीय सुवास भुजेल र कुटपिट मुद्दाका नुवाकोट खड्गभन्ज्याङका २३ वर्षीय सुवास भुजेल रहेको रसुवा कारागारका प्रमुख विष्णु रिमालले जानकारी दिए ।

कारागारमा वन्दी जीवन विताइरहेकोमा आचारणमा सुधार ल्याएका कारण कारागार र प्रशासनको सिफारिसमा सरकारले रिहा गरेको हो । कारागार व्यवस्थापन नियमावली २०२० को संशोधित २०७० अनुसार १३ किसिमका जघन्य प्रकृतिका अपराधहरु मनव वेचविखन, जवरजस्ती करणी, ठगि, भ्रष्टाचार, संरक्षित वन्यजन्तुको तस्करी, सांगठनिक अपराधवाहेकका कैदीवन्दी रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । ४० देखि ५० प्रतिशत कैद भुक्तान गरेका, आचारण सुधार गरेकाहरुलाई जिल्ला कारागार र जिल्ला प्रशसन कार्यालयको सिफारिसको आधारमा सरकारले वडादशैंको अवसरमा रिहा गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज वरालले जानकारी दिए ।

सरकारले प्रत्येक वर्ष वडादशैं, गणतन्त्र दिवस र संविधान दिवसका अवसरमा देशका विभिन्न कारागारमा रहेका कैदीवन्दीहरुलाई आचरण सुधार गरेका आधारमा रिहा गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार