युवा नेतृत्व विकास प्रमुख एजेन्डा बनाउदै एनआरएन ग्लोबल युथ कोअर्डिनेटरमा स्वतन्त्रप्रताप शाहको उम्मेद्वारी

अष्ट्रेलियाको क्वीन्सल्याण्ड निवासी स्वतन्त्रप्रताप शाहले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा आगामी कार्यकालका लागि ग्लोबल युथ कोअर्डिनेटरमा आफुले उम्मेद्वारी दिने घोषणा गरेका छन् एमएनटीभीसँग कुरा गर्दै शाहले युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको भन्दै विश्वभर छरिएर रहेका नेपाली युवा शिपलाई नेपालका युवाहरुसम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफुले तयार पारेको बताए  

एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष भई तीन कार्यकाल काम गरिसकेका शाहले आगामी कार्यकालका लागि युवाहरुको नेतृत्व गर्ने बताउँदै युवाहरु मिलेर नै दोश्रो पुस्ताका प्रवासी नेपालीहरुको निम्ति नयाँ भिजन अघि ल्याउने अठोट व्यक्त गरे उनले खेलको माध्यमबाट विश्वभरि नै रहेका नेपाली प्रतिभाहरुको पहिचान, उनीहरुको परिचालन र एकतालाई आफुले सबैभन्दा अग्रबुँदामा राखेको पनि जानकारी दिए अष्ट्रेलियाको क्वीन्सल्याण्ड निवासी शाह नेपाल पर्यटन बोर्डका क्वीन्सल्याण्ड प्रतिनिधि पनि हुन् व्यवसायमा जमेका शाहको यो उम्मेद्वारीलाई हालका युथ कोअर्डिनेटर विजय पोखरेलले समर्थन गरेका छन् युथ कोअर्डिनेटर पोखरेलले एमएनटीभीसँग भने, “स्वतन्त्रजीले जुन उत्साह देखाउनुभएको छ, जुन योजनाको तयारी गर्नुभएको छ यसले पक्कै पनि अहिलेको राम्रो कामको निरन्तरता र युवा मनबाट एनआरएनलाई अघि बढाउने कुरामा विश्वास गर्न सकिन्छ

उनले थपे, “स्वतन्त्रजीसँग एनआरएनका विभिन्न पदमा रहेर कार्य गरेको लामो अनुभव पनि छ युथ कोअर्डिनेटरको रुपमा मैले काम गर्दा भोगेका अनुभवका आधारमा उहाँलाई सघाउन म तयार छु म त अझ स्वतन्त्रजी जस्तो उम्मेद्वारलाई सबैले मिलेर सर्वसम्मत बनाउनुपर्छ भन्दछु स्वयं शाह पनि आफुले युवाहरुलाई एकताबद्ध बनाउँदै नेपालको हितमा केही गर्न सकिने अठोट व्यक्त गर्छन् उनी भन्छन्, “वास्तवमा एनआरएनलाई युवा ऊर्जाको खाँचो छ यो ऊर्जालाई सही रुपमा परिचालन गर्न नसक्ने हो भने दोश्रो र तेश्रो पुस्ताका नेपालीहरु यो संस्थाप्रति आकर्षित हुन सक्दैनन्

विश्वमै छरिएर रहेका नेपाली मूलका युवाहरुलाई नेपालको निम्ति केही गर्नुपर्छ भन्ने भावना जगाउनको लागि पनि आफ्नो उम्मेद्वारीले थप सहयोग पुग्ने उनले सुनाए के छ त यो घोषणापछिको तयारी ? शाहले भने, “युवा जोशलाई एकतृत गर्दै यसको सही परिचालन गर्ने मेरा योजनाहरु छिट्टै बुँदागत रुपमा म सार्वजनिक गर्नेछु अहिलेलाई यत्ति भनौं, म एक युवा भएको नाताले पनि मैले ति योजनाहरु ल्याउँदा सान्दर्भिक हुन सक्छ र युवाले नै यी योजनाको कार्यान्वयनमा समेत आग्रणी भूमिका निर्वाह गर्दा त्यसले छिटो मूर्तरुप लिन सक्छ भन्ने मेरो बुझाई हो मेरो उम्मेद्वारीलाई संस्थाको भविष्यको गम्भीर समिक्षापछिको कदम भनेर तपाईंहरुले बुझ्दा पनि फरक पर्दैन नेपाली चलचित्रका नायक समेत रहेका स्वतन्त्रप्रताप शाहले आफ्नो हालैका विभिन्न देशहरुको भ्रमणका क्रममा पाएको सुझावले समेत उम्मेद्वारीको लागि उत्प्रेरित गरेको बताएका छन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार