एन.आर.एन.ए युरोप सहसंयोजकमा भीम केसी (कमल) को उम्मेदवारी ( भिडियो सहित )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्वसम्मेलनबाट बन्ने नयाँ नेतृत्वका लागी युरोप सह-संयोजकको रुपमा भिम केसी ‘कमल’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

पोर्चुगलमा रहेर लामो समयदेखी एनआरएनएमा सक्रिय कमलले संघमा युरोपका नेपाली समुदायको सहभागिता बढाउने एवं विश्वभरका नेपाली समुदायलाई अझै गोलवद्ध बनाउने अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन ।

भीम कमल के.सी पुर्व अध्यक्ष,एनआरएनए पोर्चुगल गैर आवासीय नेपाली संघ पोर्चुगलको छैटौं अधिबेशन बाट नवनिर्वाचित समितिको सपथ ग्रहण, प्रमाणपत्र बितरण तथा कार्यभार हस्तान्तरण समारोह

Posted by Lens Art on Dienstag, 19. September 2017

विदेशमा रहेर पनि आफ्नो नियमित व्यवसायसँगै नेपालभित्र र बाहिर रहेका नेपाली समुदायको सेवामा समर्पित भिम केसी कमलले युरोप क्षेत्रका नेपाली समुदायका दुःखसुखमा सक्रिय सहभागिता जनाउदै आएका छन ।

नर्वेबाट बिशेष शिक्षा शास्त्रमा पोष्ट ग्राजुएट गरेका केसीले त्रिभुवन विश्वविद्यालबाट काुननमा बिएल, लेखामा बीबीएस र शिक्षामा एमएड सम्मको अध्ययन गरेका छन् ।

एन.आर.एन.ए. मा बिगत लामो समयदेखि आबद्द हुदै गतिलो अनुभव बटुलेका के.सी; सन् २००९–११ मा पोर्चुगल एन.आर.एन.ए .को उपाध्यक्ष, सन् २०११–१३ मा अन्तरराष्ट्रीय समन्वय समितिको मिडिया टाश्कफोर्स सदस्य र सन् २०१३–१५ मा पोर्चुगल एनआरएनको सल्लाहकार हुँदै २०१५-१७ को कार्यकाल अध्यक्षको पद सम्हाली सफल कार्यकाल चलाएका ब्यक्तित्व हुन ।

एन.आर.एन.ए का अभियन्ताहरुलाइ सम्झिदै के.सीले बिगत लामो समय देखि सस्थामा आबद्द रही बटुलेको अनुभव पुन एन.आर.एन.ए र नेपाली समुदायको हक हितमा नै खर्चिन चाहेकोले, आफुलाइ सहयोग गरि पुन कार्यसमिति भित्र नै रही थाती रहेका कार्य सम्पादान गर्नी वातावरणको श्रीजना गरिदिन सम्पूर्ण नेपाली समुदाय र बिशेस एन.आर.एन.ए सस्थामा आबद्ध मित्रहरु लाइ हार्दिक अनुरोध पनि गरेका छन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार