टीकापुरमा अापूर्ति राज्यमन्त्री माथि अाक्रमण

टीकापुर   कैलालीकाे टीकापुरमा अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिकलाई स्थानियले अाक्रमण गरेका छन सुदुरपश्चिम भ्रमणमा रहेका राज्यमन्त्री बिक टीकापुर बजारका पसलपसलमा पसेर चेकजाँच गर्नलाग्दा स्थानिय पसलेहरु र राज्यमन्त्रीबीच भनाभन भएकाे थियो राज्यमन्त्री बिककाे सरकारी टोली र स्थानिय पसलेबीच विवाद भैरहदा जम्मा भएका स्थानिय सर्वसाधारणले नाराबाजी गर्दै राज्यमन्त्री सहितकाे सरकारी टोलीलाई बजारबाट लखेटेका थिए

स्थानियकाे अाक्रमणकाे डरले जमरापारी रहेकाे होटल सिद्दार्थमा अाश्रयलिन जादै गर्दा अाक्रोशित भीडले राज्यमन्त्री बिक चढेकाे बा १ झ ९६९९ नम्बरकाे गाडीमा तोडफोड गरेका छन अाक्रोशित भीडले मन्त्रीकाे गाडीमा लगाइएकाे नेपालकाे झण्डा समेत च्यातेका छन

घटना पछि टीकापुरकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ भने टीकापुर बजार पूर्णरुपमा बन्द रहेकाे छ स्थानियलाई उकासेकाे अारोपमा प्रहरीले टीकापुर उध्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासचिव राम भण्डारीलाई पक्राउ गरेकाे छ

टीकापुरमा स्थिति तनावपूर्ण भएपछि सदरमुकाम धनगढीबाट प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा अधिकारीहरु टीकापुर पुगेका छन मन्त्री बसेकाे होटल सिद्दार्थमा अहिले प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा अधिकारीहरु र स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुबीच छलफल चलिरेहेका छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार