स्व. जिसी का छोरीको पढाईको जिम्मेवारी लिदै एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा सेढाईले गरे उम्मेदवारी घोषणा

दुइ साता अघि पोर्तुगल युरोपमा छुरा प्रहारबाट हत्या गरिएका हरिबहादुर जिसीका छोरीको स्नातक तह सम्मको पढाईका लागि मासिक दुई हजार रुपैयाको दरले शैक्षिक छात्रबृत्ति दिने बाचा गर्दै एनआरएन युरोपियन क्षेत्रीय उपसंयोजकमा हेमन्त सेढाईले  उम्मेदवारीको घोषणा गरेका छन् ।गैर आवासिय नेपाली संघ पोर्तुगलको २०१७-२०१९ कार्यकालका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना कार्यक्रममा सेढाईले सो कुरा बताएका हुन्।

११ बर्षदेखि युरोपमा बसोबास गदै आएका सेढाई एनआरएन एनसिसीदेखि आइसीसीसम्मको अनुभब रहेको छ ।गैर आवासीय नेपाली संघ पोर्चुगलको सन २००८ देखि १० सम्म सचिव, सन २०१३ देखि १५ सम्म महासचिव हुंदै हाल गैरआवासीय नेपाली संघ आइसीसीको आर्थीक स्थायीत्व समितिको सदस्यमा रहेका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक सचिव समेत रहेका सेढाँईको एकदशक लामो एनआरएन भित्रको अनुभब रहेको छ ।

युरोपको बेलायत पछि सबैभन्दा ज्यादा आप्रवासी नेपालीहरुको धेरै बसोबास पाईएको देश पोर्तुगलको प्रतिनिधित्व गर्दै उनले उम्मेदवारी दिएका हुन् । समग्रमा आप्रवासी नेपालीहरुको समस्या, उनीहरुको हक, हित र अधिकार लगायतका बिषयमा बिगतका धेरै वर्षदेखि सहकार्य गरिरहेका उनले थप नयाँ कार्ययोजना सहित उम्मेदवारी दिएका छन् ।

युरोपमा रहेका आप्रबासी नेपालीहरुमा हुने मुलभुत समस्याको सम्बोधन अझै सम्म पनि हुन नसकेको अवस्थालाई बिशेष रुपमा ध्यान राख्दै यिनै समस्यालाई मुख्य मुद्दा बनाइ केन्द्र तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोर्चुगलका नेपाली समाजमा लोकप्रिय सेढाँईले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोर्चुगलको सामाजीक, राजनैतिकतथा कार्य साथ साथै बिभिन्न भाषिक समस्या प्रति उदारणीय भुमिका रहेका सेढाँईको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्त राम्रो दख्खल रहेको छ । करिब बिस हजार भन्दा माथिको संख्यामा नेपालीहरुको बसोबास हुदाँ पनि पोर्चुगलमा नेपाल सरकारले राजदुताबासको स्थापनाका लागि केहि पहल नै नगरेको र यसका कारणले नेपालीहरु कन्सुलर शाखा मार्फत काम गर्दामा धेरै समस्या भोगिरहेको भन्दै त्यसका निम्ती आफुले पहल गर्ने बताए ।

समग्र एनआरएनए आइसीसीको चुनाव नजिकिंदै गर्दा धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढीरहेको छ । युरोप उपसंयोजकमा मात्र अहिलेसम्म ६ जना बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार