प्रहरी र गुण्डा नाइके रामेश्वर गौतमको समूहबीच काठमाडौंमा दोहोरो भिडन्त

प्रहरी र गुण्डा नाइके रामेश्वर गौतमको समूहबीच काठमाडौंमा दोहोरो भिडन्त भएको छ।

गुण्डा नाईके मिलन चक्रे भनिने राजिब गुरुङका ’राइट हयाण्ड’ गौतमलाई पक्राउ गर्न गएको टोली उपर गोली चलाएपछि जवाफी कारबाही गरिएको अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दाबी गरे।

काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि तीन राउन्ड गोली चलाएको थियो। तर, एक गाोलीमात्र लागेको थियो।

गौतमलाई दाहिने गोडामा गोली लागेको छ। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार