व्यवस्था र अवस्था बदलियो तर जमिन्दार अझै बदलिएनन

मोरङ ।  व्यवस्था बदलियो, अवस्था बदलियो तर गाउँका जमिन्दार अझै बदलिएका छैनन् , उनीहरुको हर्कत र मनमौजी अझै उस्तै छ । अझै पनि कानून उनीहरुको मुठ्ठीमा कैद छ भने गरीब र निमुखाहरुमाथि उनीहरुको बर्बरता कायम रहँदा मोरङमा एक मजदूरले पशुतुल्य अपमान भोग्नु परेको छ ।

मोरङको धनपालथान गाँउपालिकामा एक जमिन्दारले आफ्नो खेतमा काम गर्ने मजदुरको मुखमा शौंच गरेको निकृष्ट घटनालाई गाउँमै मिलापत्र गरेर सामसुम पारिएपनि यो घटना सतहमा आएको छ । प्रहरी कार्यालय अगाडि नै भएको सो घटनाका पीडितले अछुत हुनबाट जोगिन गंगा स्नान गर्नुपरेको छ भने घरमा पूजा गरेर १० जनालाई भोज ख्वाउन बाध्य बनेका छन् ।

मोरङको धनपालथान गाँउपालिका वडा नं. ३ सोराभागका जगदेव ऋषिदेवले आफूले काम गर्ने जमिन्दार नित्यानन्द मण्डलले मुख र शरिरमा पिसाब गरिदिएपछि गाँउलेबाट वहिष्कृत हुनबाट जोगिन गंगामा स्नान गरेर गरेर श्राद्ध कर्म गरेका हुन् । करिब दुई साता अघि सीमा प्रहरी चौकी सोराभागको ठ्याक्कै अगाडि रहेको नित्यानन्द मंडलको घरमा मण्डलले जगदेवको मुखमा शौच गरिदिएका थिए ।

प्रहरीलाई तत्काल खबर गरेपनि कुनै कारवाही नभएपछि स्थानीयहरुले पंचेती गरेर सो निकृष्ट घटनामा मण्डललाई ५ हजार १ सय रुपैया जरिवाना तिराएर घटना मिलाइएको थियो । सोही पैसाबाट जगदेवले गंगामा स्नान गरेर आफुलाई चोख्याएका थिए भने घरमा पूजा लगाएर १० जनालाई भोज समेत ख्वाउनु परेको थियो ।

प्रहरी कार्यालयको अगाडि नै दानवीय शैलीको यस्तो निकृष्ट कार्य हुँदा समेत प्रहरीले अझै सम्म कुनै कारवाही गरेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन आफु प्रतिबद्ध रहेको बताउनु हुन्छ ।

गरीब भएकै कारण जगदेवको मुखमा शौच गर्ने निकृष्ट कार्य भएको मात्र छैन घटना लुकाउन प्रहरी स्वयं लागिपरेकाले निष्पक्ष छानबिन गर्न स्थानीयहरुले माग गरेका छन् । मध्यकालीन इतिहा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार