मोडलिङको दुनियामा कडा परिक्षामा खरो उत्रिसकेकी नेपाली चेली योगिता थापा टप मोडल यूरोप प्रतियोगितामा ओर्लिएकी छिन्। आगामी अक्टुवर ७ तारिकमा यूरोपको राजधानि मानिने व्रसेल्समा हुन गैरहेको सेमिफाइनलमा छनौटका लागिस आफ्ना प्रशंसकहरुको समर्थन वोटल्न लागेकी छिन्।
टप मोडल वन्न इच्छुक हजारौं प्रतिस्पर्धीहरुलाई उछिन्दै योगिता तीन सय जना भित्र पार्न सफल भइसकेकी छिन्। उक्त प्रतिस्पर्धाको लागि दशौं भन्दा वढी अडिसन भैसकेको छ र ती सवै चुनौतिहरु पार गरिसकेकी छिन् उनले। तर उनको यो यात्रा यतिकै सकिँदैन। सेमी फाइलनमा छनौट हुन अत्याधिक भोटको आवश्यकता भने पर्नेछ। पचास प्रतिसत भोट र पचास प्रतिशत उनको प्रस्तुतिले नै मोडलिङको उनको यो नयाँ यात्राको दुरी तय गर्नेछ।
एसिया महादेशवाट नै एकमात्र प्रतिस्पर्धी वनेकी योगितालाई भोट मार्फत उत्साहित गराउन सजिलो छ। त्यसको लगि तलको लिङ्कमा क्लिक गरी भोट गर्न सकिन्छ।
भोटिङको लागि आयोजकले ३० सेप्टेम्वर सम्मको मिति तोकेका छन् र उनका फ्यानहरुले उक्त समय सिमाभित्र अनलाईन मार्फत भोट गरिसक्नुपर्नेछ। संसारको जुनसुकै कुनावाट पनि अनलाइन मार्फत भोट गर्न सकिने व्यवस्था मिलाईएकोछ।
यदि भोटिङ संख्याको आधारमा टप पाँचमा परेमा उनी स्वत नै फाइनलमा प्रवेश गर्नेछिन् जसले उनलाई विजयको नजिक पुर्याउनेछ। टप पाँचमा नपरेको अवस्थामा पनि भोटको नतिजा राम्रो भएमा प्रतिस्पर्धाको आधारमा फाइनलमा पुग्न कसैले रोक्नेछैन।
योगितालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्
को हुन् योगिता थापा?
वेल्जियमको लिएज शहरमा विगत एक दशक देखि वसोवास गर्दै आइरहेको मोडल थापा काठमाडौंमा जन्मिएकी हुन्। भारत र मलेशियावाट फेसन डिजाइनिङ र मोडलिङमा डिप्लोमा हासिल गरेको उनी गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न भएको टप मोडल वेल्जियम प्रतियोगितामा सयौं प्रतिस्पर्धिलाई पछाडि पार्दै तेस्रो भएको थिइन्।
व्यवसाय र मोडलिङ वाहेक सामाजिक योगिताको अर्को रुचि सामाजिक सेवा हो। वेल्जिय स्थित कलाकारहरुको संस्थामा आवद्ध उनी लुम्विनी कपिलवस्तु अभियानमा पनि संलग्न छिन्। त्यसको अलावा, गैर आवासीय नेपाली संघ वेल्जियमको उपाध्यक्षको रुपमा निर्वाचित वनेकी छिन्।