मेयर क्रिकेट कपमा भरतपुरकी मेयर रेणु दाहालको ब्याटिंग

चितवन, १ असोज । सिएमसी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिताको आईतबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मेयर दाहालले व्याटिङ तथा समाजसेवी ममता न्यौपानेले बलिङ गरि सिएमसी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिताको उद्धघाटन गरिएको थियो ।

भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा बिशिष्ट अतिथी ममता न्यौपाने, नेपाली काग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठ, मध्यामाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष परमेश्वर खनाल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा बोल्दै मेयर दाहालले खेलकुद स्वास्थ्य र व्यक्तित्वको महत्वपुर्ण हुने बताउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बनेको क्रिकेटले देशलाई अन्तरराष्ट्रिय माझमा समेत चिनाउन सफल रहेको उल्लेख गर्नुभएको छ । यस्ता प्रतियोगिता आयोजना गर्नाले स्थानिय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन र हौसाला मिल्ने भएकाले पनि आयोजना हुनु आवश्यक रहेको उहाले औल्याउनुभएको छ ।

त्यसै गरि बिशिष्ट अतिथी समाजसेवी ममता न्यौपानेले सि एम सी हस्पिटलले सामाजिक सेवामा बिभिन्न किसिमका कार्य गर्दे आइरहेको र खेलकुदलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमलाई सहयोग गरि प्रायोजन गरेको बताउनुभएको छ । नेपाली काग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठले खेलकुदले सबै व्यक्तिलाई जोडने हुदा खेलकुदमा राजनिति हुनु नहुने बताउदै सबैको सहयोगमा सि एम सी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिता सफल बनाउनुपर्ने बताउनुभयो ।

भरतपुर क्रिकेट क्लबको आयोजनामा भएको सो क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आईतबार भरतपुर महानगरपालिकाका ९ नम्बर वडा र १० नम्बर वडा बिच भएको प्रतिस्पर्धामा भरतपुर महानगरको १० नम्बर वडा बिजयी भएको छ । खेलमा भरतपुर महानगरपालिकाका १० नम्बर वडा ८ विकेटले बिजयी भएको हो । खेलमा पहिलो व्याटिङ गर्दे वडा नम्बर ९ ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाई ८० रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको वडा नम्बर १० ले ७ ओभरमा २ विकेट गुमाई निर्धारित लक्ष्य पुरा गरेको थियो । वडा नम्बर ९लाई सस्तैमा समेटने क्रममा भरतपुर वटा नम्बर १० का देबु मल्लले ४ विकेट लिएका थिए । उनि खेलको म्यान अफ दि म्याच समेत घोषित भएका छन । यस्तै सोमबार हुने खेलमा भरतपुर महानगरका वडा नम्बर १९ र १३ बिच प्रतिस्पर्धा हुने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभएको छ । प्रतियोगीतामा अहिलेसम्म १८ वटा वडाले सहभागिता जनाएको र अन्य समुह थपिने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार