नौ कक्षामा भर्ना भएकी करीष्माको प्रगती देखेर शिक्षकहरु तिनचकित

अभिनेत्री करिष्मा मानन्धरको औपचारीक पढाई पुरा गर्ने धोको स्वरुप भर्ना भएको विधालयमा उनले गरेको प्रगतीलाई देखेर शिक्षकहरु खुशी छन् केही दिन अघि अभिनेत्री करिष्मा मानन्धरले मैतीदेवी स्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिइन् १४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा प्रवेश गरेकी करिष्माले हाल ९ कक्षामा भर्ना भएको भन्दा धेरै अच्चमित भएका थिए उनको लगन र मेहनतले पढ्नको लागी उमेरले छेक्दैन भन्नेमा करिष्मा एक उदाहरण बनेकी छिन् उमेरले चार दशक पार गरेकी पनि आफूमा औपचारिक शिक्षाको अभाव खड्कीए पछि स्कुल भर्ना भएको करिष्मा बताउँदै आइरहेकी छिन्

स्कुलका शिक्षक अनुसार एक वर्ष अगाडी नै करिष्माको भर्ना गरिएको थियो कक्षा सातमा भर्ना भएकी करिष्मालाई पहिलो तिन महिना छुट्टै पढाइएको थियो केही शिक्षकहरू मिलेर उहाँ ९करिष्मा मानन्धर०लाई विभिन्न विषयमा छुट्टै पढाएका थियौ केही महिनाको पढाई पछि उहाँमा आएको परिवर्तन पछि बिधार्थीहरु सँगै कक्षामा सारिएको हो एक मिडियामा अन्तवार्ता दिर्दै त्रिवेणी पब्लिक स्कुलका शिक्षकले बताए ९ कक्षामा पढ्ने उनको रोल नम्बर ११ हो बिहान देखि बेलुकी सम्म नै स्कुलमा आफ्नो समय बिताउने करिष्माले प्रत्येक विषयको होमवर्कको साथै छुट्टी लिनु पर्दा अनुमति पत्र दिने गरेको स्कुलका शिक्षक बताउछन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार