चितवन सहायता कोष (CAT) बेल्जियमद्वारा बाढीपीडितलाई १ लाख १८ हजारको सहयोग

चितवन भरतपुर महानगरपालिका वडा नं. २७ पुरानो पटिहानीका स्थानिय बाढीपीडितलाई राहत वितरण गरिएको छ चितवन सहायता कोष बेल्जियमले चितवन सहायता समाजमार्फत त्यहाका स्थानियलाई १ लाख १८ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो

एक औपचारिक कार्यक्रमका विच उनिहरुलाई राहत सामाग्री वितरण गरिएको हो चौधरी समुदायको बाहुल्यता रहेको सो स्थानका २८ घरधुरीलाई उनिहरुको चाड जितिया पर्व मनाउन सजिलो होस् भन्ने उदेश्यका साथ सहयोग हस्तान्तरण गरिएको चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए उनिहरुलार्ई चिउरा,दालमोठ,तेल लगायतका खाद्यान्न सामाग्रीका साथै दैनिक उपभोग्य बस्तुहरु साबुन,टुथपेष्ट,ब्रस र त्रिपाल समेत वितरण गरिएको थियो च्युउरा १४ बोरा, १ घरलाई ३ केजीको दरले दाल, दालमोठ प्रत्येक घरलाई २ केजी, ६ कार्टुन तोरीको तेल र ४६ थान त्रिपाल वितरण गरिएको सदस्य अध्यक्ष पौडेल ले जानकारी दिए औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम नवनिर्वाचित वडाध्यक्ष गोविन्द तामाङले विदेशमा रहेर कमाएको पैसा आफ्ना जिल्ला वासीलाई विपद पर्दा सहयोगी हात स्वरुप पठाउनु सहनिय भएको बताए उनले त्यहाका बासिन्दाहरु प्राकृतिक प्रकोपबाट मात्र नभई विभिन्न पक्षबाट पिडित रहेको बताए बाघ, हात्ति गैडा जस्ता जंगली जनावरबाट समेत त्यहाका स्थानियहरु पिडित हुनुपरेको तामाङले बताए कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्रि हरि प्रसाद पौडेल,समाजसेवी विष्णु प्रसाद ढकाललगायतले बोलेका थिए

सो कार्यक्रममा भरतपुर २७का वडा सदस्यहरु राज बहादुर भण्डारी,सन्त वहादुर महतो रेडक्रस चितवनका सदस्य चीजकुमार आले ,समाज चितबनका सदस्य केशव सुवेदी लगायतको उपस्थिती रहेको थियो रेडक्रस चितवनको समन्वय मा भएको सो कार्यक्रम कार्यक्रममा चितवन सहायत समाजकी कोषाध्यक्ष विजया रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने समाजकी सदस्य पार्वती पौडेल, गरेका थिए कोष वेल्जियमले यस अघि पनि स्वास्थ्य शिविर थालेसिमियाका विरामीलाई, भुक्मप प्रभावितहरुलाई पनि विभिन्न सहयोग गरिरहरेको समाज चितवनकि सचिव सिर्जना अर्याल जानकारि दिईन

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार