कतार सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

रोजगारीको लागि कतार रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ

अर्घाखाँचीका सितगङ्गा गाउँपालीका वडा नं ४ पोकेडाडाका मधु घर्ति क्षेत्री सडक घाइते भएका थिए समाल रोडमा दुर्घटनामा परि घाइते भएका क्षेत्रीको उपचारको क्रममा ज्यान गएको हो  

बिगत चार बर्षदेखि कतारको एक कम्पनीमा कार्यरत क्षेत्रीका श्रीमती र एक छोरा रहेका छन्

उनी सात महिना अघि बिदामा नेपाल आएर फर्केका थिए मृतक क्षेत्रीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ  

कम्पनीले कागजी प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउन अन्तिम तयारीमा रहेको बताइएको छ कार्तिक एकमा क्षेत्रीको शव नेपाल ल्याइने भएको छ

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार