मलेसियालार्इ १० विकेटले हराउँदै नेपालको शानदार जित – नेपाल फाइनलमा

काठमाडौं : नेपाल (एसीसी) यू१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((विकेटले पराजित गरी फाइनलमा पुगेको हो टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमै अलआउट गर्न सफल भयो  

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट कप्तान दिपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिए त्यसैगरी पवन सराफले २ र सन्दीप लामिछाने, साहब आलम र रोहित पौडेलले एकएक विकेट लिए १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति १२५ रन बनाइ सहजै लक्ष्य पार ग¥यो नेपालका लागि ओपनिङ जोडी आसिफ शेख र सन्दीप सुनारले सान्दार व्याटिङ गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए सन्दीप सुनारले ५१ र आसिफ शेखले ५० रन बनाए

नेपालले अब फाइनलमा सिंगापुर र हङकङ बीचको सेमिफाइनल विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ  नेपालका लागि (एसीसी) यू१९ एसिया कपमा छनौट हुनका लागि भने यस प्रतियोगिताको उपाधि नै जित्नु पर्ने हुन्छ

यसअघि समूह चरणका खेलमा नेपालले थाइल्याण्डमाथि २५५ रनको जित हात पारेको थियो भने भुटानलाई ९ विकेट र सिंगायुरलाई ७ विकेटले पराजित गरेको थियो  

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार