मलेशियामा मृत्युदण्ड पाएर निर्दोष ठहरिएका भाग्यमानी नेपाली

धेरैको सपना हुन्छ विदेशमा गएर छोटो समयमै धेरै पैसा कमाउने, कति कारणले सबैको सपनाले पूर्णता पाउँदैन्, कतिले सोचेभन्दा पनि राम्रो गरेको देख्नमा सुन्नमा आउँछ पछिल्लो समय वैदेशिक रोजगारि एउटा फेसनको रुपमा बढ्दै गएको पाईएको छ वैदेशिक रोजगारिको शिलशिलामा दैनिक हजारौँ युवाहरु विदेश पलायन भैरहेका छन्

तिनै हजारमध्येका एक ईलामको एकत्पपा गाविस वडा नं. ७ का भिम दियाली पनि विभिन्न सपना बोकेर मेलेशिया हानिएका थिए, तीन वर्ष अगाडि सपनाको भारी बोकेर मलेशिया पुगेका उनलाई थकाई मार्न नपाउँदै गाँजा केशमा मलेशियाको प्रहरीले पक्राउ गर्यो गत वर्षको फेब्ररुरी १८ तारिखको राति ११ बजे दियाली र उनका साथीलाई प्रहरीले पक्राउ गरि जेलमा लग्यो उनलाई जेल सजाय मात्रै भएन मृत्युदण्ड समेत सुनाईएको थियो

एकवर्षदेखी आफ्नो मृत्यु कुरेर जेल जिवन विताईरहेका दियाली उन्ततः निर्दोष ठहरिएका छन्  शुक्रबार मकामा तिङगी अदालतमा आफ्नो वकिलले बहस गरेपछि उनी निर्दोष ठहरिएको वकिलको फेसबुकमार्फत भिडिमा जानकारी दिएका छन्

दियालीले भनेका छन,’मेरो गाजा केश थियोे जुन मेरो थिएन अर्को साथीको थियो, ऊ गयो मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो
उनले आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन आग्रह गरेका छन

नेपाली दुतावासका द्धितीय सचिव प्रेमराज गौतमले दियालीको सबै डकुमेन्टहरु मगाएपछि कहिले नेपाल पठाउन सकिन्छ त्यसको लागि तयार गरिरहेको वताए

दियालीका गाउँले वुद्धिमान राईले भने,’मलाई दियालीको वारेमा रेशम बरालीले जानकारी दिएका थिए त्यसपछि दुतावासमा गएर कुरा राखे आज जेलवाट छुटेर क्याम्पमा पुगेका छन् पुलको काम गर्न पाउदा खुसि लागेको छ

फेसबुक लाईभ गरेर आफु निर्दोष ठहरिएको जानकारी दिँदै

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार