एक नेपाली १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र एक नेपाली

पर्वत  मोदी गाउँपालिका४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएको थियो उनि  भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताउनु परेको  

स्थानीय अदालतले ०५८ साल जेठ पहिलो सातामृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुनेअन्तरिम आदेश सुनाएको थियो पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीयउदाआएद होमदनामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो  कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उहाँको गुनासो छ उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” उनले बताए  

सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको पुनका  श्रीमती बताइन सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उन का आफन्त बताउँछन्

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार