कञ्चनपुर । भीमदत्त नगरपालिका–७ हल्दुखालका १३ वर्षका तिलक चन्दको कानको चार आना सुन लुट्न साथीले हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका–७ स्थित महाकाली जनसेवा मावि हल्दुखालमा कक्षा ८ मा अध्ययनरत चन्दलाई आफैसंग पढ्ने कक्षा ८ मा अध्ययनरत १७ वर्षका साथी आशिषले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले जनाकारी दिए।
आशिषले साथी चन्दले कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको स्वीकारिसकेको प्रहरी नायव निरीक्षक सेटीले बताए ।
सेटीका अनुसार अआशिषको साथबाट चन्दले लगाएको चार आना बराबरको सुनको मुन्द्रा समेत बरामद भएको छ ।