एनआरएनए यूकेको अध्यक्षमा फगामी निर्वाचित

लन्डन गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् शनिबार रातभरको मतगणनापछि नयां नेतृत्व फगामीको पक्षमा गएको हो फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए

यो जितले एकदम उत्साहित छु’, निर्वाचित भएपछि प्रतिक्रिया दिंदै फगामीले भने, ‘मेरो जितका लागि बेलायतवासी नेपाली सबैले सहयोग गर्नुभयो आभार व्यक्त गर्दछु अब दुई वर्षे कार्यकाल सफल बनाउन पनि पूर्ण सहयोग हुने आशा छ उनले बाहिरिने साथीहरुसंग पनि सहकार्य गरेर जाने बताए

त्यसैगरि, उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् महासचिवमा राजकुमार त्रिपाठी (१०४० मत) विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेलगाउंलेर सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर
रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए

आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ

औपचारिक घोषणासभा आज दिउसो हुन कार्यक्रम छ

शनिबार लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार ठाउंमा राखिएका मतदान केन्द्रहरुमार्फत ७८.४ प्रतिशत मतदाताले उत्साहजनक रुपमा मतदान गरेका थिए निर्वाचन समितिका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको थियो

अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता थिए

कसले कति मत ल्याए ?

अध्यक्ष

कृष्णप्रसाद तिमल्सेना 912

हिराधन राई 560

योगकुमार फगामी 1298

उपाध्यक्ष

दयानिधी सापकोटा 957

दीपककुमार श्रेष्ठ 862

डा. दिलिप कुमार यादव 365

डा. प्रेम बहादुर आले-1268

प्रेम गाहा मगर 1049

पुनम गुरुङ 1611

भोलानाथ खनाल 433

राष्ट्र राई 988

ललित कुमार न्यौपाने 1108

शेर बहादुर सुनार 1433

शुसिला राई 1209

महासचिव

खुशी लिम्बु 682

फडिन्द्र भट्टराई 827

राज कुमार त्रिपाठी 1040

उपमहासचिव

कृष्ण तिवारी 1022

विनय अधिकारी 1059

सचिव

तारानाथ भण्डारी 1451

नारायण पौडेलगाउँले’ 1366

सुरज मास्के 1188

सुनिल बाबु खड्का 988

कोषाध्यक्ष

महेश गिरी 670

शालिकराम सापकोटा 608

सचिन श्रेष्ठ 779

सहकोषाध्यक्ष

गजेन्द्र गुरुङ 1265

सुरज पौडेल 801

युवा संयोजक

कुमार थापा 987

विरेन्द्र श्रेष्ठ 625

राजन खकुरेल-896

लाल बहादुर गुरुङ 1305

सदस्यहरु

अर्कराज तिमल्सिना 1183

कमल कँडेल 764

कुलेश्वर (कृष्ण) ढकाल-870

गंगा बहादुर राना-1178

डेबिन्द्र थापा-1099

तिलकराज भट्टराई 713

पवन शर्मा 990

पवन राई 1024

पर्शुराम पाण्डे 415

बिमला लिम्बु 1124

बिष्णु प्रसाद खरेल 567

मनिष खड्का 812

मुकेश राना 1050

होमनाथ पौडेल 988

आइसीसी सदस्य

अर्जुन कटुवाल 736

कुमारी गुरुङ 1161

जय प्रकाश गुरुङ 1241

देवराज आचार्य (चिरन) 768

शान्ति थापा 1807 

(- वीनेपाली)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार