एन आर एन यूके २०१७-१९ अध्यक्ष पदको उम्मेदवार Krishna Timalsena को प्रेश-बिज्ञप्ती :
एउटा अघ्यायको समाप्त भएको छ ! NRN UK २०१७-१९ को निर्बाचनको परिणाम हिजो सबेरै सार्वजनिक भएको छ ! म एक प्रबल दावेदार थिंए र बिभिन्न प्रतिकूलताको बाबजुद थोरै मतले म पराजित भए ! मेरा स्नेही मित्र सहकर्मी योग कुमार फगामी ज्यू बिजय हुनु भयो । उहा लगायत सम्पूर्ण निर्बाचित टिमलाई हार्दिक बधाई र सफल कार्यकालको शुभ-कामना ! २१औं सताब्दीमा छौ र लोकतनत्रको जननी देशमा छौ – म यस निर्चाचन परिणामलाई स्विकार्दछु ! निर्बाचन अभियानमा मलाई प्रोत्साहन गर्नु हुने अग्रजहरू; मेरो परिवार; नजिकका साथीहरू; मेरो सफलताको लागी यस प्रकृयामा हर तरहले खट्नु हुने सबै साथीहरू प्रती मेरो सम्मान छ र संधै आभारी रहि रहने छु ! पत्रकार मित्रहरुको सहयोग म कहिल्यै बिसने छैन । प्रमुख निर्वाचन आयुक्त डा चन्द्र लक्सम्बा, सदस्य सचिब रामशरण सिमखडा, आयुक्तहरु बिजन भट्ट, दुत पुन, पूर्ण लोक्सम, सुमाया राई र कृष्ण गुरुङको बिगत २ महिना देखीको अथक प्रयास-खटाई सायदै बेलायती जनमानसले कहिल्यै बिर्सने छैनन । म उम्मेदवार भएर मात्र हैन यसै समाजको एक सिपाहीको रुपमा सेमत उहांहरुलाई मनैबाट धन्यबाद दिन चाहान्छु । मतदान अधिकृत, प्रतिनिधी, पर्यबेक्षकहरु तथा मत-गणक – स्वयंसेवक साथीहरुको अथक प्रयासको प्रशंसा गर्ने कुनै शब्द म संग छैन । सालिनरुपमा मूलधारबाट बाहिर गै सकेको यस संस्थालाई सहि गोरेटोमा हिडाउनु हुने निबर्तमान अध्यक्ष मुछेत्र गरुङलाई समेत साधुबाद ! यस निर्वाचन म प्राबिधिक हिसाबले मतमा मात्र केहि पछि परेको हु – बेलायतबासी नेपालीहरुको मन मा पहिलो नै छु र रहि रहने प्रयास गर्नेछु! योगजीले निर्बाचन समितीबाट प्रमाण-पत्र लिनु भयो – मेरो प्रयासमा थोरै कमि भयो होला ! फ़रक यत्तिमात्र हो ! म यस अभियानमा हिजो भन्दा खारिएर आउने छु र मेरो योगदानमा कुनै कमि रहने छैन ! हरेक सकारात्मक काममा मेरो पूर्ण समर्थन र सहयोग रहने छ भने बाटो बिराउन लागे खबर्दारी गर्ने छु ! म संगै बिजय प्राप्त गर्न यस पटक नसक्नु भएका सबै मित्रहरूलाई निर्बाचन प्रकृयाको यि तिता-मिठा अनुभवलाई संम्हाल्दै थप सृजनशील अझ उर्जाको यस अभियानमा स्पातिलोरूपमा लाग्न प्रेरित गर्दछु ! हामिले मिडल्याण्डलाई आंशिकमात्र न्याय गर्यौ – समानता र सदभाब सहित पूर्ण न्यायको लागी मेरो सदैब प्रयास रहने छ । बिधानमा मात्रात्मक सुधार गरिएता पनि नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्ड लगायत ईग्याण्डकै सबैभागमा एन आर एन पुर्याउने मेरो सोचलाई निर्वाचित कार्यसमितले गहनताको साथ लिन अनुरोध समेत गर्दछु ।
म यो प्रकारको निर्बाचनमा कहिल्यै सामेल भईन – म सामाजलाई जोड्न यस अभियानमा लागेको हु – फोड्न हैन । दलिय; क्षेत्रीय; लैंगिक, जातिय बिभेद र अनेकन अफबाह र प्रतिकूलताको बाबदुद समेत मलाई ९२२ मतदाताले मतदान गर्नु भएको छ । मेरो लागी जिन्दगीमा आर्जेको ९ लाख मतको रुपमा मैले यसलाई बुझेको छु र यहांहरुको मतको रुपमा प्राप्त आदेशको सम्मान गर्दछु र अन्तरमनैबाइ धन्यबाद दिन चाहान्छु ! निर्वाचनको जोडघटाउ ‘जसरी’ पनि गर्नु पर्छ र जिन्नुनै अभिष्ट बनाएको भए सायद मैले र मलाई मनैबाट सहयोग गर्ने मिडल्याण्डका सबै मित्रहरु सहजै बिजय पनि हुनु हुन्थो तर ईमान्दारीता र ब्यक्तिगत मूल्यमान्यतालाई हामिले जित भन्दा माथि राख्यौ –सदैब यस पथमा हिड्ने पनि प्रतिबद्धता गर्दछौ । यो एन आर एन को झण्डालाई निहुराउने काम कहिल्यै हुन दिने छैन ! हामीलाई पराजय स्वीकार छ तर अनावश्यक चलखेलले सामाजिक सदभाबमा दखल कदापी स्वीकार हुंदैन ! तर केही मित्रहरुको संधिग्न ब्यबहार र उल्टो-सिधा खेल देख्दादेख्दै पनि स्वभावगतरुपमा मैले केहि भनिन तर मनमा भने छ । संरक्षकत्वमा रहनु हुने हरुले आफ्नो पदिय महत्वको थोरै ख्याल गरिदिनु भए आगामि दिनको लागी शुभ-रहनेछ ।
अन्तमा, यस अभियानमा अबिचलित र बिना स्वार्थ लागिरहने प्रणका साथ बिजयी मित्र योगजी लगायत सम्पूर्ण टीमलाई पुन बधाई !
तपाईहरुकै हितैषी,
कृष्ण प्रसाद तिमिल्सिना
एन आर एन यूके २०१७-१९ अध्यक्ष पदको उम्मेदवार
लण्डन – ११ सेप्टेम्बर २०१७