NRNA पोर्तुगलको छैठौ अधिबेशनको लागि आज बिहान ९ बजे देखि निर्वाचन शुरु भईसकेको छ । आल्बुफेरा , भिलामोरा, क्वार्तेइरा र फारो छेत्रमा बिहान ९ बजेदेखि निर्वाचन मतदान शुरु भईसकेको छ भने लिस्बोनमा देउसो १ बजेदेखि अल्टिस ग्रान्ड होटेल Rua Castilho 11, 1269-072 Lisboa मा निर्वाचन मतदान सुरु हुनेछ।निर्वाचन प्रक्रियालाई सहज र सौहार्दपूर्ण बनाउन आफ्नो फोटोसहितको परिचय पत्र, कार्ड वा राहदानी साथमा लिएर आउन निर्वाचन आयोगले अनुरोध गरेको छ ।
पत्रकार पाण्डेयको उपाध्यक्षमा भएको उम्मेदवारी बिरुद्दको ७ दलको अलायन्स भित्रभित्रै टुटिसकेको बिशेष श्रोतबाट खबर प्राप्त भएको छ। अलायन्स भित्रका पार्टीहरुले एकले अर्कोलाई मत नहाल्ने भनेर गोप्य तरिकाले गरेको सूचना र त्यही अलायन्सभित्रका केहि शक्तिहरुले गणेश पाण्डेयलाई अनिवार्य मत हाल्न सर्कुलर गरेको खबर बिशेष श्रोतबाट प्राप्त भएको छ। निर्वाचनपछि मनोनयन पदका लागि दलीय भागबन्डामा बनेको ७ दलको अलायन्सभित्रको अन्तर्घातको गोप्य सुचना लिक भएपछि यसले ७ पार्टीको अलायन्स भित्र ठुलो आन्तरिक मतभेद सृजना भएको छ।
पाण्डेयको पक्षमा उर्लेको नागरिक समाज जनलहर हेर्दा र ७ पार्टी अलायन्स भित्रका अधिकांस शक्तिहरुले अन्तरघात गरी उपाध्यक्ष पदमा पाण्डेय लाई नै मतदिने भएपछि पाण्डेयको जित सुनिश्चित भएको छ।
यसैबीच नेपाल पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपाध्यक्ष पत्रकार योगेन्द्र मिलन छन्त्यालले ७ दलको अलायन्सले उपाध्यक्ष पत्रकार पाण्डेय लगायत ४ उम्मेदवारमाथि गरेको असमानताको विभेदको खुलेरै बिरोध गरेका छन्। पत्रकार छन्त्यालले अगाडी भनेका छन् –
” नमस्कार ! लक्ष्मीप्रसाद साप्कोटा, गोविन्द पौडेल, नारायण सुवेदी, नरभुपाल राई, कुमार योन्जन लामा, धनराज शेर्पा, सीता बराल जो कोही पनि भोलिका अरु ग्र्यान्ड डिजाइनको शिकार बन्न सक्नु हुन्छ ! तसर्थ गणेश, गीता, रमेशराज र पेम्छिरीविरुद्ध हदैको व्यवहार नगर्नु हुन अनुरोध छ । कथित सहमतिको नाममा यी ४ जनाबाहेकलाई विधि विधान र संस्थागत व्यवस्थापनको मान्यताविपरीत एनआरएनमा जस्सरी पनि ठाउँ बनाउने अवैध सम्झौता खारेज गरियोस् । यस्तो निर्णयका विरुद्ध हामी अन्तरराष्ट्रिय समन्वय परिषद र समाज कल्याण मन्त्रालयमा ध्यानाकर्षण गराउने छौ । दर्जन बढी उम्मेद्वारले ठाउँ पाउदा यी ४ जना मात्र चुनाव लड्ने अरुलाई जस्सरी नि ठाउँ दिने हो भने उनीहरुमा के विशेषज्ञता छ ? कुन समुदायको मान्छे हुन् उनीहरु जबकी समावेश गर्नै पर्ने ? महिला सहभागिता अत्यन्तै न्युन छ, गीतालाई शिकार बनाइएको छ किन ? तपाईं हामी सबैले गम्भिरताका साथ यी कुरा सोच्न जरुरी छ । त्यसैले यही आवाजलाई गुञ्जाइ राख्न गणेश पाण्डेयलाई तपाईंको अमूल्य भोट दिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु । धन्यवाद !”
उपाध्यक्ष पदका लागि ४ जना गणेश पाण्डेय, कमल गुरुङ , कान्छाराम बुढाथोकी र गोबिन्द प्रसाद सापकोटा प्रतिस्पर्धा गर्दैछन। चार जना प्रतिस्पर्धीहरुमा गणेश पाण्डेय स्वतन्त्र पत्रकार हुन् भने गोबिन्द प्रसाद सापकोटा (एमाले), कमल गुरुङ (नेपाली कांग्रेस) र कान्छाराम बुढाथोकी (माओबादी केन्द्र) निकट हुन्। पछिल्लो समयमा पोर्चुगलमा भएगरेका बिकृति तथा विसंगती हरुलाई चिरफार गर्ने क्रममा अत्यन्तै खरो उत्रिएका पत्रकार पाण्डेको पक्षमा लहर बढ्न थालेपछी उनको विपक्षमा तिन दलिय ध्रुविकरण शुरु भएको हो जसमा ७ राजनीतिक दलका साथै नेपाली नारी समाज जस्तो पबित्र सामाजिक संस्थाले समेत अलायन्स गरेको छ।
खोज पत्रकारीतामा परिचित पाण्डेयले पछिल्लो समयमा युरोपमा भएका मानव तस्करी,सोसियल काण्ड, ठगी काण्ड,संस्थागत भ्रष्टाचार, जालसाजी साथै एनआरएनए भित्रका विकृति विसंगतिहरुलाई समेत सतहमा ल्याउने काम गरेका छन् । फलस्वरुप केही समय अगाडी एनआरएन प्रवक्ताले हातपातमा उत्रिएको खबर सार्वजनिक भएको थिको नेपाल पत्रकार महासंघ युरोप शाखाले भर्सना गरेको थियो। यति मात्र होइन समाचार लेखेकै कारण उनलाई बेलाबेलामा ज्यान मार्ने धम्की समेत आउने गरेको विषयमा पत्रकार महासंघ युरोप शाखाले विज्ञप्तीनै निकालेको थियो ।
सामाजिक विसंगति र समाज सुधारको लागि सधै लागिपर्ने पाण्डेयले ” संकटकालमा एक फन्को “अभियानमा सन् २००१ मा लागु औसध दुर्व्यसन बिरुद्ध सचेतना फैलाउन नेपालको ५४ जिल्ला साइकलमा भ्रमण गरेका थिए। भारत र बंगलादेशमा पनि सोही संदेश लिएर साइकल भ्रमण गरेको पाण्डेय बताउछन्। पाण्डेय सन् १९९८ देखि हालसम्म मनाबधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलसंग आबद्ध छन्। लियो क्लब पश्चिम नेपालका संस्थापक अध्यक्ष हुदै जेसीज इन्टरनेसनल र लायन्स क्लब जस्ता बिशुद्द सामाजिक संस्थामा काम गरेको अनुभव छ पाण्डेयसंग।
करिब डेढ दशक पत्रकारिता गरेका पाण्डेयसंग रेडियो, छापा र टेलिभिजन पत्रकारिताको अनुभव छ। नौ बर्ष शिक्षण पेशामा बितायेका पाण्डेय सन् २००७ मा उच्च शिक्षाको लागि बेलायत गएका थिए। बेलायतको वेल्स बिश्वबिद्यालयबाट २०१० मा एम एस्सी गरेका पाण्डेयले सन् २०१२ मा सन्डरल्याण्ड बिश्वविद्यालयबाट एम बि ए गरेका हुन्।
सन् २०१२ मा एम्नेस्टी इन्टरनेसनल यूकेका लागि यूरोपका ६ देशमा फण्डरेजिङ्ग साइकल यात्रा गरेका पाण्डेय एम्नेस्टी इन्टरनेसनल बेलायतका फण्डरेजर हुन्।पाण्डेय २०१५ मा पोर्तुगल बसाई सराई संगै एम्नेस्टी इन्टरनेसनल पोर्तुगलसंग आबद्ध छन्।
यसरी छोटो समयमै सामाजिक क्षेत्रमा लामो अनुभव सँगालेका पाण्डेयले पोर्चुगलको समग्र नेपाली समाजको जितका लागि जित्नुपर्ने धारणा नागरीक समाजको रहेको छ।