भनिन्छ नि ” Politics is a DIRTY Game ” आज आभाष भयो मलाई। । ७ दल र सामाजिक संस्थाको यो अलायन्सले नै देखाईसक्यो कि पोर्तुगलको तपाईहरु जस्ता राजनीतिक अभियन्ताहरुको जम्बो समूह NRNA पोर्तुगलको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गणेश पाण्डेय , गीता राना प्रेमछिरी शेर्पा र राप्रपा निकट रमेश राज बास्तोला बिरुद्धमा मात्रै रहेछ। साम , दाम दण्ड भेद गरेर तपाईहरुले जसरी पनि जित्नु नै पर्ने रहेछ, र हामीले हार्नु नै पर्ने रहेछ , तर हामी बिश्वस्त छौ , पोर्तुगलवासी नेपालीहरुले यसको परिक्षा लिनेछन। एउटा अकाट्य सत्य के पनि हो भने, नेपाली राजनीति देखि NRNA को कुनै पनि मुलुक USA , UK , Belgium आदिमा निस्पक्ष निर्वाचन भएको देखिएको छैन र त्यो यहाँ पोर्तुगलमा पनि हुनेवाला छैन, जुन आजको निर्वाचन समितिको हचुवा निर्णय , जहाँ उम्मेदवारी फिर्ता लिएका तिलक गैरेलाई मनोमानी तरिकाले (निर्वाचन समितिका केहि सदस्य बेखबर ) निर्वाचन क्षेत्र 2 को संयोजक बनाउनु र बिरोध पनि तुरुन्तै हटाउनुले पनि प्रमाणित गरेको छ।
एक्लो गणेश पाण्डेयका बिरुद्ध यहाका हैकमबाद अतिबादिहरु यसरी खनिए कि पहिलो कुरा म बिदामा भएको र यो देशमा नभएको मौकामा मेरो नाम निर्वाचन नामावली नै समाबेश गरिएन , ताकि नामावली हकदाबी एक दिनको थियो र त्यो दिन काट्यो भने यिनीहरुलाई गणेश पाण्डेयको टेन्सन नै सखाप, तर त्यो सफल भएन। त्यसपछि उम्मेदवारी फिर्ता लिन हदैसम्मको दबाब आयो। स्वतन्त्र नागरिक लाई यहाको समाजले कुनै दर्जा नै दिएको छैन, शम्भु सिलवाल लगायत कयौको उम्मेदवारी फिर्ताको कारण पनि यही हो। शम्भु सिलवाल को उम्मेदवारी फिर्ताको स्ट्याटस कतिले पुरै पढ्नु भयो , अन्तिम हरफमा लेखिएको यो वाक्यांशले मेरो मन मस्तिष्कमा अझै पनि भुइचालो र ज्वालामुखीका ज्वारभाटाहरु आईरहेछन , उनले लेखेका थिए – ” अन्तमा एउटै प्रश्न सबैको लागी – NRN को कार्य समिती भित्र राजनीतिक पार्टी भन्दा बाहीरका स्वतन्त्र ब्याक्ति जान पाउने की नपाउने?” एक स्वतन्त्र नागरीक शम्भु सिलवालको यो प्रश्नको उत्तर दिने हिम्मत भएको सामाजिक अभियन्ता कोहि छ यहाँ ? अन्तमा कुनै पनि हतकण्डाहरुले काम गर्ने नदेखेपछि आफुले चिनेजानेका अनलाईनमा मेरो नाम “गलत” दिएर र मतपत्रमा थर समेत गलत लेखेर मतदाताहरुलाई भ्रमित पार्ने फोहोरी खेल खेलियो। यत्तिसम्मको घृणित राजनीति र फोहोरी खेल त “भरतपुरमा मेयरको ” निर्वाचनमा समेत भएको थिएन। तपाईहरु सबैको जय होस्।
नेपाली नारी समाज जस्तो पबित्र र सामाजिक संस्थाले पनि political alliance मा समाबेश भएर फलानो फलानो लाई मात्रै जिताऔ भन्न मिल्छ ? कोहि social expert हुनुहुन्छ भने खबर पाऊ है।
के नेपाली नारी समाज कुनै राजनीतिक पार्टीको इकाई वा झुण्ड हो ? अर्कोतिर नेपाली नारी समाजले राजनीतिक पार्टीबाट आएका उम्मेदवारहरुको ओकालत गर्दैगर्दा गीता रानालाई एक्लो छोडिनु राजनीतिक सामाजिक जातीय विभेद (Socio-Political Racial Discrimination) हो। यस्तो राजनीतिक सामाजिक जातीय विभेदको नेपाली नारी समाज पोर्तुगल र अध्यक्ष सीता बरालले भागिदार हुनैपर्छ।किन छोडियो गीता रानालाई एक्लो ? राजनीतिक पार्टीका उम्मेदवारहरुलाई समर्थन गर्न सक्ने नेपाली नारी समाजले किन स्वतन्त्र उम्मेदवार गीता रानालाई समर्थन गर्न सकेन। आजका दिनबाट नेपाली नारी समाज पोर्तुगललाई सामाजिक संस्थाको रुपमा होइन, राजनीतिक संस्थाको रुपमा हेरिनुपर्दछ।
त्यस्तै सिंगो राजनीतिक संगठनहरु र नेपाली नारी समाजको अलायन्सले एक्लो छोडेका उम्मेदवार हुन् युवा संयोजकका प्रत्यासी प्रेमछिरी शेर्पा। सामाजिक संस्थाले स्वतन्त्र नागरिकलाई राजनीतिक पार्टीसंग अलयान्स गरेर एक्लो छोड्नु अर्को सामाजिक अपराध हो कि होइन ? के सामाजिक संस्थाले यसो गर्न मिल्छ ?
पोर्तुगलको नागरिक समाजले बुझ्नुपर्ने एउटा स्पष्ट कुरा के हो भने यी स्वतन्त्र ४ जना उम्मेदवारहरु NRNA पोर्तुगलको चुनावी मैदानमा जितुन वा हारुन, त्यसले खासै केही माने राख्दैन, नैतिक रुपले यिनीहरुको जित भईसकेको छ, तर आज जुन किसिमको राजनीतिक समीकरण र फोहोरी सामाजिक राजनीतिक खेल भईरहेछ , त्यसले के कुरा पक्का छ भने जित हाम्रै पक्षमा छ। किन भने एक्काईसौं शताब्दीमा पार्टीको चाकर र दास बन्दै भात्री संगठनको खुद्रा दुकान खोलेर दलाली गर्ने आधुनिक दासहरुको बिरुध्द अब संसारभरबाट सबै एक भएर सत्यहरु सम्प्रेषण गर्नु पर्छ । गैरआवासीय नेपाली संघ उनीहरुको टाउको लुकाउने ठाउँ र बदमासी गर्ने थलो बन्दै गईरहेको छ । त्यहाँ हामी सबै सबभन्दा बढी निगरानी गर्नेछौ ।
लोकतन्त्रको सुन्दरता निस्पक्ष निर्वाचन हो , शक्ति जनता संग हुन्छ, Ballot मा हुन्छ, Political Bargaining मा होइन । NRNA बेल्जियम यसैको उत्कृष्ट नमुना हो । हिजो बेल्जियमका कांग्रेस र एमालेको अलायन्समा राजनीतिक संगठनका सदस्यहरुले आफ्नो विवेक प्रयोग गरेर आफु कुनै राजनीतिक दर्शन र व्यक्तिको दास नभएको प्रमाणित गरेर देखाईदिए, अब तपोर्तुगलमा त्यही हुदैछ।
अन्तमा, एउटा कुरामा हामी निकै नै खुशी भएका छौ, हाम्रो उम्मेदवारीले सधै घोचपेच र आरोप प्रत्यारोप गर्ने सम्पूर्ण दलहरुलाई हामीले एक बनाउन सफल भएका छौ।
राजनीतिक आस्था , भौगोलिक, जातिय बिभाजन आदि इत्यादीलाई आफ्नो धरातल बनाई विखण्डित भएको नेपाली समाजलाई आज एक स्थानमा देखेका छौ, सधै यसरी नै एक भएको देख्न पाईयोस् , कहिल्यै एकले अर्कालाई आरोप प्रत्यारोप घोच पेच गरेको देख्न नपरोस् , सबैलाई शुभकामना !!