ब्रेकिङ् न्युज : NRNA पोर्तुगल निर्वाचन : लिम्बुले उम्मेदवारी फिर्ता लिए , कार्की अध्यक्षमा सर्वसम्मत निर्बिरोध चयन

गणेश पाण्डेय, पोर्तुगल।

गैर आवासीय नेपाली संघ पोर्तुगलको छैठौ अधिबेशन नजिकिदै गर्दा चुनावी सरगर्मी निकै बढेको छ। यसैबीच नेपाल पत्रकार महासंघ युरोप शाखाले उम्मेदवार र नागरिक समाज बीच आज एक अन्तरक्रिया गरेको छ। अध्यक्षका दुइ प्रत्यासी जनसम्पर्क समिति निकट कुबेर कार्की र प्रवासी नेपाली मंच निकट मानिएका भएता पनि स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका रोबर्ट लिम्बु नै आजको अन्तरक्रिया कार्यक्रमको केन्द्रबिन्दु थिए।

अन्तरक्रियामा उम्मेदवारहरुले प्रस्तुत गरेका आफ्ना भिजन र प्रतिबद्धता को कुरा गर्ने हो रोबर्ट लिम्बुका योजना र प्रतिबद्धता नै सबैभन्दा उत्कृष्ट देखिन्थे , भलै उनका योजना र प्रतिबद्धता के कति पुरा होलान , त्यो हेर्न बिजयी भएपछि २ बर्षे कार्यकाल कुर्नुपर्ने थियो। अध्यक्षका अर्का दाबेदार कार्की साधारण अजेण्डा लिएर निकै सरल तरिकाले प्रश्तुत भएका थिए। अन्तरक्रिया निकै सौहार्दपुर्ण वातावरणमा सम्पन भएको थियो, अधिकांसले सहमतिको बाटो खोज्नु नै सर्बोत्तम बिकल्प रहेको कुरामा जोड दिएका थिए।

अन्तरक्रिया सकिएको करीब एक घण्टा नबित्दै अध्यक्षका प्रबल दाबेदार रोबेर्ट लिम्बुले आफ्नो उम्मेदवारी समाजको बृहतर एकता,हित, समावेशीता र समानुपातिकताको लागि रहेको ति सबै मान्यता र एजेन्डाहरु आज पोर्चुगलको नेपाली समुदायमा स्थापित भईसकेको अवस्थामा अध्यक्षका प्रतिस्पर्धी उम्मेदवार कुबेर कार्कीले पनि तिनै एजेन्डाहरु स्वीकारेर लागु गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेकाले अबको एनआरएनए पोर्चुगल समावेशी, स्वच्छ र पारदर्शी हुनेछ छ भन्ने मैले बिश्वास भएको जनाउदै
समुदायलाई एक्यवद्ध बनाउन र पोर्चुगलको नेपाली समुदाय को साझा हितलाइ एक आवाजकासाथमा अगाडि बढोस् भन्ने पबित्र भावनाकासाथ आफ्नो एनआरएनए पोर्चुगलको अध्यक्षको उम्मेदवारी निशर्त रूपमा फिर्ता लिएको फेसबुक मार्फत जानकारी गराएका छन्।

लिम्बुको उम्मेदवारी फिर्तासंगै एन आर एन ए पोर्तुगलको आगामी कार्यकालको लागि अध्यक्ष पदमा कार्की सर्वसम्मत निर्बिरोध चयन भएका छन्। यसैबीच कार्कीले आफ्ना प्रतिद्वन्दी लिम्बुले देखाउनु भएको सहयोग, समझदारीका लागि कृतज्ञता ब्यक्त गर्दै सम्पूर्ण समुदाय र सम्प्रदायबिच समुन्नत र शान्त समाजको निर्माण गर्न कटिबद्ध रहने बताउनुभएको छ।

सहमति भए अनुसार अध्यक्षका उम्मेदवार रोबर्ट लिम्बुलाई  कुबेर कार्कीले संरक्षक परिषदका लागि सिफारिस गर्ने सहमति भएको श्रोतको दावी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार