सबै नेपालीको साझा तथा बलियो एन आर एन आजको आवस्यकता – कुबेर कार्की -NRNA पोर्तुगल अध्यक्ष पदका उम्मेदवार

जन्म भुमि छाडी पोर्तुगललाइ कर्म भुमि बनाउनु भएका सम्पूर्ण ब्यबसायी ,बुद्दीजीबी ,पत्रकार नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा एन आर एन पोर्तुगल (२०१७ -२०१९ )कार्यकालको लागि यहि सेप्टेम्बर १० तारिख हुन् गैरहेको अधिबेशनमा मेरो अध्यक्ष पदका लागि उम्मेदवारी रहेको सहर्ष जानकारी गराउदछु।
तपाइहरुको साथको अपेक्षा सहित आएको छु। आशा छ, यहाहरुले मलाई विश्वास ब्यक्त गर्नुहुने छ ।

पोर्चुगलको मेरो प्रवेश संगै नेपाली समुदायको हकहित का खातिर तथा समुन्नत समाज निर्माणका लागि मेरो खुला हृदयबाट सकेको साथ सहयोग रहेको सर्बबिदितै छ र अगामी दिनहरुमा पनि दिलोज्यान दियर नेपाली समुदायका खातिर सदैब अगाडी बढ्ने प्रण गर्दछु

अबको एन आर एन को परिकल्पना ।
समाजमा विभिन्न व्यक्तिका भिन्न सोच हुनु स्वाभाविक हो । समस्टिगत रुपमा वर्तमान ले भबिस्यलाइ डोर्याइरहेको हुन्छ ।
बर्तमानमा हाम्रो गतिविधिले भबिस्यको मार्गलाई निर्दिस्ट गरेको हुन्छ। त्यसो हुदा हामीले उत्कृस्ट नेपाली समुदाय तथा परिस्कृत नेपाली समुदाय बनाउनाका खातिर ,सुन्दर कार्यप्रति जागरुक हुन् जरुरि छ। प्राप्तिका लागि कुनै एक व्यक्ति कुनै एक समुदाय बाट मात्र हुन् सक्दैन ,जसरि सयौ कमिलाको ताँती ले आफु भन्दा सयौ गुणा भारीलाई पनि सहज रुपमा बोकेको हामीलाई अबगत नै छ। सम्पूर्ण नेपाली समुदाय एक ढिक्का भयर अगाडी बढेको खण्डमा सबै हामीले आँटेका हाम्रा परिकल्पना साकार हुन् सदछन ।

एन आर एन आम नेपालीको पबित्र घर हो, जसलाई सबै नेपाली ले बचाई राख्नु कर्तब्य हो ।
यो पबित्र संस्था कुनै एक जाति कुनै एक समुदाय कुनै एक संगठनको नियन्त्रणमा हुन् बर्जित छ । तथापी व्यक्तिका आफ्ना आस्था हुन् सक्दछन तर राजनीतिक आचरणको संस्था भित्र कुनै गन्ध देखिनु हुदैन भन्ने मान्यता मैले बुझेको छु । सबै नेपाली लाइ समान रुपमा हेरिने ग्यारेन्टी गर्ने संस्थाको मूल उदेश्य हो । बिस्वको जुन सुकै कुनामा गया पनि हामी नेपाली हौ हाम्रो मन नेपाली हो । नेपाल एक बिबिधताले भरियको मुलुक हो । सबै जात जाति सहितको नेपाल एक साझा फुलबारी हो ।
हामी सबै नेपालीका आ आफ्ना मौलिक रहन सहन चाडपर्ब हुने गर्दछन । सबै हाम्रा चाड पर्ब संस्कृति परम्परालाई प्रबासमा पनि हामीले फुलाउदै फैलाउदै लैजानु आवस्यकता भएको हुनाले एन आर एन ले यी सबै परम्परालाई कायम राख्नु पर्ने टड्कारो आवस्यकता हो ।

नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म का विभिन्न जात जाति धर्ममा विभाजित व्यक्तिहरु सहित को एक सुन्दर नेपाली समुदाय पोर्चुगलमा हामी देख्न पाउदछौ र यो अटुट नेपाली समुदाय कुनै बहानामा पनि भत्किनु ,चिरिनुहुदैन र एक ढिक्का भइ बसेका नेपालीलाइ मजबुत बनाइ सामाजिक सद्भाव बचाई जानुपर्ने आवस्यकता मैले महशुस गरेको छु र यो सवालमा मा गम्भीर भएर अगाडी बढ्ने अठोट गर्दछु ।

आगामी एन आर एन का मुख्य एजेन्डामा मेरो प्रयास ।

सर्बप्रथम नेपाली समुदायलाई के भन्न चाहन्छु भने ठुला ठुला सपना बढ्नु भन्दा काम गरेर देखाउनु उत्तम हुन्छ । म कामलाई विश्वास गर्ने व्यक्ति हो ।
गफ र सपना जति पनि बढ्न सकिन्छ तर गर्न नसकिने असम्भब कुरालाई पनि मनन गर्नु पर्ने हुन्छ तर तपाई हाम्रा साझा समस्याका खातिर रत्ति भर पनि पछि हट्ने छैन। तपाई हाम्रो आजको मूल सपना भनेको राजदुताबास स्थापना नै हो। राजदुताबास नहुदा हामीले कति समस्या भोगेका छौ ,त्यो सबैका सामु छर्लंग छ र दुताबास स्थापना गर्नु पनि सामान्य प्रयासले नहुन सक्दछ र यसका लागि अथक प्रयास मिहिनेत अवस्य लाग्ने छ । तसर्थ सबै हामी नेपाली मन तन देखि ख टियौ भने अवस्य एक दिन तपाई हाम्रा अगाडी दुताबास स्थापना हुने छ भन्ने विश्वास दिलाउन चाहन्छु। संगै स्पेनको नेपाली समुदायको निरन्तर प्रयास पश्चात राज दुताबास स्थापना भएको हामीले देखेकै छौ ।
अर्को तर्फ बिगतमा एन आर एन ले महत्वाकाछी रुपमा लिएको नेपाली कल्चर हाउस स्थापना का खातिर पनि आगामी कार्य समितिले जोडतोडका साथ प्रयास गर्ने कुरामा कुनै कसर बाँकि राख्ने छैन ।
यस बाहेक एन आर एन पोर्चुगलले नेपालको पर्यटन प्रबर्दंका लागि पनि सम्भावित सम्भावना को खोजि गर्ने छ ।
पोर्चुगलमा सालाखाला १८ हजार नेपाली रहेको आँकलन छ ,हजारौ नेपाली रहेको पोर्चुगलमा स्वाभाविक रुपमा व्यक्तिगत रुपमा अनेकौ समस्याले नेपाली लाइ पिरोलिरहेको हुन्छ ति नेपालीका समस्या बाट आगामी एन आर एन पोर्चुगल हदै सम्म गम्भीर हुनुपर्दछ र नेपालीको सहारा बन्न सक्नुपर्दछ भन्ने पनि मैले बुझेको छु र नेतृत्व पक्तिमा उभिदा त्यसको जिम्मेवारीबोध मैले गरेको छु र सामाजिक सेवाका खातिर म सदैब तत्पर रहेको छु र तपाइको साथमा छु ।

२०१७- २०१९ एन आर एन कार्यकालको लागि पोर्चुगल को अध्यक्ष पदको लागि मेरो उम्मेदवारी रहेको ले पक्कै पनि तपैहरुको न्यानो माया तथा साथ सहितको भोट प्राप्त हुने छ भन्ने अपेक्षा लिएको छु र तपाइको विश्वास लाइ मन मुटु र दिमागमा राखी मन बचन र क्रमले दिलोज्यान दियर निरन्तर डटेर लाग्ने प्रतिबद्दता ब्यक्त गर्दछु ।

धन्यवाद !!!
कुबेर कार्की
अध्यक्ष पदको उम्मेदवार

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार