मलाई लिस्बन सहर खासै प्यारो लाग्दैन। अझ भनौं ,प्याराे लाग्ने कारण कम छन्। दुई दिन काम बाट बिदा हुदा पनि लिस्बन जाउ जस्तो लाग्दैन।
“विवेक”को घरकाे छतबाट रातिमा झिलिमिलि लिस्बन हेर्नु , उसका बचपनका कहानीहरु सुन्नु, पुर्णिमा दिदिकाे “मार्कादाे”मा बसेर दिदिले बनाएको नेपाली पाराकाे चियाको चुस्कि लिदै गाउँ घरका याद गर्नु, अनि नारायणी काकी को “साेभिनियर सप”मा तयारी चाउचाउमा तातोपानी हालेर सुप पिउनु बस्।
यति कारण काफि छ, मलाई लिस्बन तान्न।
२० मिनेटको दुरि छ जम्मा जम्मि तर मलाई नजिक लाग्दैन लिस्बन।
अझ भनु हार्दिकता छैन, अात्मियता नै छैन लिस्बनमा। भिड छ, जमात छ, सडकमा ,गल्लीमा , पार्कमा , मेट्रोमा जताततै नेपाली छन् तर नेपालीपन छैन, अाफ्नाेपन छैन।
सहनसिलताकाे सहर “लिस्बन” मा मलाई छट्पटी हुन्छ, असह्य हुन्छ, अात्तिन्छु म।अताउछन मलाई।
बिरालाेले बच्चालाई ठाउँ सारे जस्तो ७ वटा ठाउँमा डेरा फेरे पाेर्तुगलमा। पछिल्लो पटक खाेलापारि अाउदा केही सामान छाेडेर अाएकाे थिए। मङगलबार छुट्टि थियोे। साेचे सामान लिएर अाउछु! एउटामात्र झन्झट एक बिहानै उठ्नुपर्छ काममा अाउन। मेट्रो, डुङ्गा , अनि बस।
बेलुकी गफ गर्दागर्दै अबेर सुतियाे। लौ बर्बाद काममा जान ढिला भयाे। कहाँकाे सामान लिएर फर्कनु , सुतेको लुगामा दौडियाे केटाे काममा।
मेट्रो, डुङ्गा पछि बसपार्कमा बस कुरे।
लौ ,खत्तम भाे, बर्बाद भाे, अर्को बस छुटन त १ घण्टा। छट्पटी पाे भाे। के गरि बस्ने १ घण्टा। नजिकै साेसल सेगुरान्स काे अफिस थियोे। नया ठाउँमा सरेको ठेगाना परिवर्तन गरेको थिइनँ। अाज गर्छु। टिकट लिएर पालाे कुरि रहेको थिए। फाेन बज्याे। उताबाट बाेल्याे “म फलानाे बैंकबाट बाेलेकाे तेराे बैंक कार्ड मेट्रो स्टेसनमा कसैले फेला पारेर यहाँ बुझाएको छ। अाइडि लिएर लिन अाइज।
यताबाट मुन्टाे हल्लाए।
सम्झने काेसिस गरे कसरी भयाे। यति मै पालाे अायाे , टिकट लिएर काउन्टरमा पुगे। काम भने। रेसिडेन्सि कार्ड माग्याे। लौ कार्ड नै छैन। सक्किगाे नि त,भुलेछु पछि अाउछु भनेर निस्किए। सधैं बाेकेर हिड्ने कहाँ छुट्याे त ?
उता काममा जान ढिला भयाे। साहुलाई घटनाक्रम सुनाए ! ढिलो अाइज तर जसरि पनि अाइज भन्याे। घर पुगे, झाेला लुगा कपडा भएको जति सबै छामछुम पारे।
छैन त ?
लौ ११ महिना “सित्तैमा” भाडा माझेर बनाएकाे जिनिस। कतै फेला नपरेपछि हार खाएर काममा गए। काममा ध्यान गए पाे। पछिल्लो २४ घण्टाकाे सबै घटनाक्रम सम्झिए। अह कतै भुलेकाे याद आउदैन त ? कार्डकाे भन्दा पनि बैंक कार्डकाे चिन्ता भाे। गाेजिमा सुकाे छैन। बैंकले बिना अाइडि पक्कै बैंक कार्ड दिदैन।
कति बेला काम सकिन्छ जस्तो भाे। साहुले मेराे व्यथा सायदै बुझ्याे। तर ,बेलुका पुलिसकाेमा जाउला अनि सबै ठिक हुन्छ भन्याे।
उसलाई के थाहा अर्काे महिना छोरी भेट्ने रहर छ। सबै तयारि छ। तर कार्ड हरायाे।