गैरआवसीय नेपाली संघ पोर्तुगलको आसन्न अधिवेशनमा विभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको उम्मेद्वारहरुसँग नेपाल पत्रकार महासंघ यूरोप शाखाले ५ सेप्टेम्बरमा बहस तथा अन्तरक्रिया गर्ने भएको छ। राजनीतिक सिन्डिकेटका बिरुद्ध जनआवाजहरु बुलन्द हुदै गएपछि गैरआवसीय नेपाली संघ पोर्तुगलको नया कार्यसमितिको लागि ३० पदमा ५० जनाको उम्मेदवारी परेपछि यहाको चुनावी माहौल तातेको छ।
” हाम्रालाई होइन राम्रालाई चुनौ ” र “सबैका लागि एन आर एन ” भन्ने जनभावनाको लहर अहिले युरोप भरिकै एन आर एन ए हरुमा चलेको छ। पूर्ण रुपले गैर राजनीतिक र सामाजिक संस्थामा राजनीति हाबी हुदै गएको र एन आर एन मा आफ्नो पहुच बनाउन र बर्चस्व राख्न साम दाम दण्ड भेदको अवस्था सिर्जना भएको छ। यस्तो विषम परिस्थितिमा आखिर किन एन आर एन मा जान किन यस्तो राजनीति र तछाडमछाड हुन्छ ? अनि एन आर एन ए को कार्यसमितिको विभिन्न पदमा उम्मेदवारहरुको उम्मेद्वारीको औचित्य र भिजन पुष्टि गर्न र आम पोर्तुगलमा रहनुभएका गैरआवसीय नेपालीहरुले को सही उम्मेद्वार भनेर छनौट गर्न पनि सहज हुने उक्त “ककस कार्यक्रम” गर्न लागिएको नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिब पेम्बा गेलु शेर्पाले जानकारी दिनुभएको छ।
नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्पूर्ण उम्मेदवारहरुलाई आफ्नो भिजन सहित अन्य सम्पूर्ण सरोकारवालाहरुलाई समेत उपस्थितीको लागि हार्दिक अनुरोध गरेको छ।