नेपाली को लागि नेपाली भन्ने मूल नारा को साथ स २००३ मा स्थापित नरन आज प्रबाश मा रहेको सबै नेपाली हरुको साझा संस्था र सरोकार को बिषय बनेको अवस्था छ ।बिश्वको करिब ७६ देश भन्द बढी देश हरुमा एन आर एन को राष्ट्रिय समन्नय कमिटि हरु क्रियासिल छन् , प्रवासी नेपाली हरुको समस्याहरु मात्र हैन नेपाल को सिक्षा ,स्वस्थ ,दैबी प्रकोप जस्ता विभिन्न मानबिय कार्यहरुमा एन आर एन ए ले आफ्नो काम कारबाही गरिरहेको अवस्था छ ।
आज हामी गैर आबासीय नेपाली संघ पोर्चुगलको छैटौ सम्मेलन को सम्मुख मा उपस्थित छौ। आज म यहाँ जुनभावाना को साथ उभिएको छु,मलाई बिस्वाश छ तपाई सम्पूर्ण पोर्चुगलवासी नेपाली हरुपनि त्यहि भावाना को साथ हुनु पर्छ कि,अबको गैर आबासीय नेपाली संघ पोर्चुगलको कार्यदिशा के हो? गैर आबासीय नेपाली संघ पोर्चुगल लाइ कसरि अगाढी बढाउने हो ? कता लैजाने हो? कस्तो नेत्रित्व चयन गर्ने हो ? कस्तो व्यक्ति को हात मा आगामी २ बर्ष को जिम्मेवारी सुम्पने हो ? यस्तै- यस्तै प्रश्न हरु को साथ ।
हिजो को दिन मा केहि सिमित राजनैतिक दलका भात्री संगठन,मुट्ठीभर केहि शुण्ड, मुशंडको झुण्डहरु बाट नियन्त्रित गैर आबासीय नेपाली संघ पोर्चुगल को लज्जास्पद काम कारबाही हरु तपाई हरुको बिचमा मैले दोहोराउन चाहन्न , यधपी हामीले गैर आबासीय नेपाली संघ पोर्चुगल को राम्रा काम हरुको प्रसंशा र त्यस्मा साथ सहयोग गर्ने काम मा कहिल्यै कन्जुसाई गरेनौ, तर अब गैर आबासीय नेपाली संघ पोर्चुगल केहि मुट्ठीभर सानो घेरा बाट बाहिर आउनु पर्छ यो हाम्रो सबैको साझा हुनु पर्छ भन्ने मेरो आफ्नो स्पस्ट धारणा हो। गैर आबासीय नेपाली संघ पोर्चुगल अब बिगत को जस्तो कुनै राजनैतिक दलका भात्री संगठन, केहि शुण्ड, मुशंडको झुण्ड वा मुट्ठीभर व्यक्ति हरुको बिषय मात्र रहेन । अब यो तपाई हाम्रो बिचमा हाम्रो साझा संस्था को भबिष्य निर्धारण गर्ने जिम्मा तपाई हाम्रै हातमा आयो।
हाम्रो वर्तमानले माग गरेको, हाम्रो बिगतले सिकाएको, हाम्रो भबिष्य ले आश गरेकोको बिषय अब को गैर आवासीय संघ पोर्चुगल समन्नय समिति मा उचित र सहि नेत्रित्व प्रदान गर्ने कुरा मा आजको सचेत पोर्चुगलवासी नेपाली हरु प्रजान्त्रमा सबै बिषय र गतिविधि प्रजात्रान्त्रिक मूल्य र मान्यता अनुसारनै हुनु पर्छ भन्ने कुरा बिस्वाश गर्नु हुन्छ भन्ने मैले ठानेको छु। हिजो हामी, हामीले बिस्वाश गरेको हरु बाटै धोका पायौ, उनीहरुको काम कारबाही बाट लज्जा र नतमस्तक बन्ने अवस्था सिर्जना भयो यधपी सुधारको र सद्भावको आपेक्षा जारी राख्यौ , कथन र कार्यविधि हरु बीच दरार देखियो, मूल्य मान्यता र आचरण हरुमा स्पस्ट बिचलन देखियो आर्थिक नैतिक रुपमा बिगत को गैर आवासीय संघ पोर्चुगल पुरै विवादित भयो ,ति आरोप हरुलाई कुनै स्पस्ट उत्तर कार्यसमिति र जिम्मेवार हरुले दिन सकेनन। पोर्चुगल मा रहेको नेपाली समुदायलाइ दीक्षित गर्ने ,सहयोग गर्ने , एक आपसमा सद्भाव कायम गर्नु को सट्टा भ्रमित गर्ने विभिन्न नाजायज कार्यहरु गर्ने ,लगायत अनेकौ शृंखलाबद्ध गलत क्रियाकलाप हरुको साक्षी तपाई हामी सबै छौ। यो कुनै या कोहि निश्चित व्यक्ति प्रति को आग्रह ,पूर्वाग्रह वा बिरोध हैन।गैर आवासीय संघ पोर्चुगल बिगत को कार्यकाल को सानो समिक्षा मात्र हो। हो मान्छे मा केहि कमजोरिहरु हुनु स्वाभाविक हो तर सामाजिक नेत्रित्व गरिरहेको अवस्था मा नेत्रित्व कर्ता आफ्नो विचार कार्यदिशा र नैतिक आचरणमा स्पस्ट हुनै पर्दछ, समाज नेत्रित्व गर्न सबै सस्था- समाज लाइ एकत्रित गरि अगाडी बढ्ने स्पस्ट कार्योजनको साथ उसले प्रयत्न गर्नु पर्दछ, यसो गर्दा मात्र NRN ले आफ्नो गरिमा र बिस्वसनियता लाइ कायम गर्न सक्छ। यति बेला चिन्ता यो छ कि गैर आवासीय संघ पोर्चुगल प्रति आम जनसमुदाय मा एक प्रकारको बितृष्णा पैदा भैरहेको छ, एसको सान्दर्भिकता माथि प्रश्न चिन्ह पैदा भएको छ, तर सबै NRN यस्तो छैन र यो NRN को प्रवृति पनि होइन तसर्थ पुनः गैर आवासीय संघ पोर्चुगल नेपाली हामी सबै प्रबाशमा बस्ने नेपालीको हो हाम्रो सहयोगी सस्था हो भन्ने बिश्वाश निर्माण गर्नु पर्ने अवस्था सिर्जना भएको छ।
यो अवस्थामा कतै गैर आवासीय संघ पोर्चुगल समन्नय समितिमा ज्यादै राजनीतिकरण भयो कि ? सामाजिक हुनु पर्नेमा ज्यादा ब्याबसायिक पो भयो कि ?सामाजिक न्याय मानबिय सहयोग को कार्य मा कमजोर भयो कि? पोर्तुगलमा रहेको नेपालीहरुको समस्याहरुलाई सम्बोधन गर्ने काममा बेवास्ता पो गर्यो कि ? जस्ता अनेक आरोप हरु हामी सबैको मनमा अहिले उपस्थित छ। यो बिषय हरुको गम्भीर समिक्षा गरि अबको नेत्रित्व कस्तो निर्माण गर्ने भन्ने दावित्व हामी बिचमा छ।
मैले यो बिचमा नया नेत्रित्व कसरि निर्माण गर्ने भन्ने कुरामा सहमतिको लागि विभिन्न ब्यक्ति र सस्थाहरुसंग सामुहिक र व्यक्ति गत रुपमा प्रयाश हरु गरे तर बिषयहरुमा सहमत जस्तो देखिएपनि परिमाण को तहमा पुर्याउन जिम्मेवार साथी हरु प्रस्तुत हुनु भएन बरु अन्य को अवस्था लाइ नजरान्दाज गर्ने प्रवृति रह्यो। सबै नेपाली हरुको बिच सामाजिक सद्भाव कायम गर्दै प्रजात्रन्त्रिक मूल्य मान्यता अनुरुप गैर आवासीय संघ पोर्चुगल को गरिमालाइ उचो बनाउन त्यसलाई सहि नेत्रित्व प्रदान गर्दै अगाढी बढ्न तपाई सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनि हरु सक्षम हुनुहुन्छ भन्ने कुरा सिद्ध गर्ने चुनौती तपाईहरुको बिचमा उपस्थित छ। तपाईहरुको विवेकपूर्ण निर्णय र हामी सबैको साथ -सहयोग र प्रयाश ले मात्र अबको गैर आवासीय संघ पोर्चुगललाइ पुनर्जीवन दिन सकिन्छ,नया ढंगले अगाढी बढाउन सकिन्छ भन्ने बिस्वाशको साथ आगामि september 10 मा हुने गैर आवासीय संघ पोर्चुगलको सम्मेलन मा मा आफु अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु।
मेरो पृष्ठभूमि तपाई सबैको सामु खुल्ला छ। नेपाल र नेपाली को हितको लागि सदैब मन बचन र कर्म ले निष्ठा पुर्बक अहिले सम्म सामाजिक कार्यहरुमा खटिरहेको छू। मेरो पक्ष र बिपक्षमा रहन तपाई हरु स्वतन्त्र हुनुह्हुन्छ। मेरो लागि विभिन्न विचार,आस्था, सिदान्त, संगठन र ब्यक्ति सबै समान हुनु हुन्छ।
एन आर एन ए पोर्चुगललाई नया ढंगले स्थापित गर्ने तपाई हाम्रो सबैको एन आर एन ए पोर्चुगल बनाउन जुट्ने मेरो अठोटमा सबैले तथ्यका आधारमा आ-आफ्नो स्थानबाट सद्भाव, सहयोग र आफ्नो अमूल्य मत दिनुहुने अपेक्षा गरेको छु।
रोबोट लिम्बु (सम्बाहाङ्फे )
अध्यक्षको उम्मेदवार
NRN NCC Portugal