सामाजिक संस्थाको आवरणमा देखिए पनि एनआरएन पोर्तुगललाई संगठनात्मक रुपमा नेपाली कांग्रेसका भातृसंस्था जनसम्पर्क समिति पोर्तुगलले आफ्नो पेवा बनाउदै आएका छन, त्यसमा पनि केही खास जाति र वर्गका मान्छेहरुका मात्रै । गैरआवसीय नेपालीहरुको हितार्थ विशेष गरी सामाजिक कल्याणकारी कार्यका लागि स्थापना भएको सामजिक संस्था एनआरएन हो भनेर त्यो संस्थाको विधान बोल्छ तर केही अपवाद वाहेक यो संस्थाको विश्वभरीका गतिविधि व्यवहार र संस्कार विल्कुल नेपाली राजनीतिक पार्टीहरुकै भातृसंस्थाको रुपमा हुने गरेका छन । त्यसमा एनआरएन पोर्तुगल पनि अछुतो रहने कुरै भएन ।
अझ पछिल्लो समयमा त झन पोर्तुगल एनआरएन विशेष गरी विकृति विसंगतिहरुकै झुण्ड जस्तै भएर विवादै विवादका कारण सधै चर्चामै रहे । वर्तमान अध्यक्ष भीमकमल केसी र उपाध्यक्ष शम्भु गौतमको अश्लिल भिडियो प्रकरण होस या उपाध्यक्ष सुनिल संगमको पत्रकारसँग भट्टीको झगडा काण्ड होस, अथवा प्रवक्ता हेमराज सुवेदीको ठगी र झगडा काण्ड सबै एनआरएन पोर्तुगलमा जिम्मेवारी ओहोदामा बसेकाहरुले निम्त्यएका एनआरएन पोर्तुगलका विकृति र विसंगतिहरु नै हुन भन्दा अत्युक्ति नहोला । यसो हुनुको मुख्य कारण एनआरएन पोर्तुगलमा केही जाति, वर्ग र पार्टीका तथाकथित ठुलाबडाहरुका जदौहजुरीहरुलाई मात्रै स्थान दिएर मनोमानी गर्न लगाउनु हो । अर्थात केही वर्ग र पार्टीको सिण्डिकेटमा एनआरएन जस्तो संस्था चलाईनुको परिणाम नै हो । फलतः पोर्तुगलमा २० हजार नेपालीहरुको संख्या छ भनेर झ्याली पिट्दै हिड्ने एनआरएन पोर्तुगलका ठेकेदारहरुले जम्माजम्मी २३४५ जनाको सदस्यता तथ्यांक प्रकाशित गरेका छन । त्यसमा पनि धेरै जनाको जानकारी बेगर नाम मात्रै टिपेर सदस्यता तथ्यांकमा प्रकाशित गरेका हुन भन्ने आरोप पनि लागेको छ । यो संख्या करीब १५ हजार नै नेपालीहरुको संख्या भए पनि केवल यो त्यसको १५ प्रतिशत मात्रै हो । यसले के देखाउछ भने आवरणमा सबैको गैरआवसीय नेपालीहरुको साझा संस्था भनिएता पनि केही जाति, वर्ग र पार्टीको मात्रै पेवा ठानीकन एनआरएन पोर्तुगल चलिआएकाले व्यापक जनअरुची बढेको भन्न सकिन्छ ।
किन जनअरुची एनआरएन पोर्तुगलमा ?
अहिले यूरोपका देशहरुमा संख्यात्मक रुपमा नेपालीहरु धेरै बसोबास गर्ने देश भनेको पोर्तुगल नै हो । यहाँ जति संख्यामा नेपालीहरु छन त्यत्तिकैको अनुपातमा पीडित नेपालीहरु पनि छन, अनि अधिकांश नेपालीहरुबाटै पीडित बन्ने गरेका उनीहरुलाई पीडा दिनेहरु चहि अधिकांश एनआरएनलाई ठेक्का लिएकाहरुको छत्रछाँयामा रहेकाहरु नै छन । त्यसो त एनआरएनले पीडित नेपालीहरुको हकमा खासै केही काम गरेको भन्ने गतिलो उदाहरण छैन । राजनीतिक पार्टीका भातृसंस्थाहरुको महासंघ बनेर चलिआएको एनआरएन पोर्तुगलमा तिनै पार्टीकै कार्यकर्ताहरु मात्रैको हालीमुहाली हुने कुरा नौलो भएन । अहिले पनि आगामी १० सेप्टेम्बरमा एनआरएन पोर्तुगलको अधिवेशन मिति तोकिएको छ र सो अधिवेशनबाट आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई एनआरएनमा कुनै न कुनै पद धारण गराउन प्राय सबै राजनीतिक संगठनहरु लागिपरेका छन । त्यही अनुरुपको निर्वाचन मण्डल वर्तमान अध्यक्ष भीम केसीले घोषणा गरेका छन र जसमा जम्माजम्मी २३४५ जना सदस्य भएकोमा पनि सबै राजनीतिक पार्टीका भातृसंस्थाहरुले आ–आफ्नो गच्छेअनुसार भाग लगाएका छन र पदीय भागभण्डाको दाउपेचमा तिनीहरु लागेका छन । यी २३४५ जना सदस्यहरुलाई कांग्रेसले ८३२ जना, माओवादीले ४२७, संघीय फोरमले ३०५, एमाले २८७ र नयाँ शक्तिले ५ जना गरी आफ्नो भाग लगाएका छन । बाँकी ९४ जना चहि आदिवासी जनजाति महासंघको नाममा छुट्टाइएको छ । यसप्रकारले भागभण्डको दाउपेचबाट बन्दै आएको एनआरएन पोर्तुगलको प्रत्येक कार्यसमितिले जनहितमा कुनै हितकारी कार्य नगरेको र अझ राजनीतिक पार्टीका कार्यकर्ता भईसकेपछि त्यो संस्थाको पदमा बसेर जस्तोसुकै गलत कार्य गरुन, तिनीहरुलाई हरसम्भव संरक्षण नै गरिरहने एनआरएने चरित्रको अनुभुतिबाट परिचित यहाँका आम गैरआवसीय नेपालीहरु एनआरएनसँग आफुलाई जोडिन अरुची देखाएका हुन ।
एकल धर्म र जातीवादी नेतृत्वप्रतिको वितृष्णा ।
नेपाली भनेको नेपालका विभिन्न जाति समूदाय र धर्म संस्कारहरुको समष्टिगत राष्ट्रियता हो । जसमा फरक जाति, फरक धर्म र फरक सांस्कृतिक पहिचानहरु भएता पनि ती सबै पहिचानहरु समग्रमा सबै नेपाली राष्ट्रियता अन्तर्गत हुन भन्ने कुरा सैद्धान्तिक रुपमा सबैले स्वीकार गरेकै कुरा हो । तर, नेपालको विगतमा एउट कलंकित शासन व्यवस्था जसले एकल हिन्दु अतिवादी राज्यको रुपमा नेपाललाई लामो समयसम्म शासन ग¥यो । जसमा नेपालको सुन्दर पक्ष मानिएको विविध धर्म, भाषा, संस्कृति र परम्पराहरु बोकेका विशेष गरी नेपालका आदिवासी जनजातिहरुको मौलिक नेपाली राष्ट्रिय पहिचानलाई समाप्त पार्ने खालको रह्यो । जुन व्यस्थामा मान्छेमान्छे कै बीचमा छुतअछुत गर्ने, महिलाहरु माथिको सामाजिक शोषण जस्ता घृणित अमानवीय व्यवस्थाहरु स्थापित गरिए, फलतः २०४६ को जनआन्दोलन, माओवादी जनयुद्ध र २०६२÷६३ को जनआन्दोलन जस्ता भयंकर संघर्षहरु नेपाली जनताले गर्नुप¥यो र कयौ नेपालीहरु सहादत हुनपुग्यो । जसबाट आज ती एकल धर्म र जातीवादी व्यवस्था सैद्धान्तिक रुपमा फेरिएका छन । तर पनि तिनै एकल हिन्दु अतिवादी र जातीवादी सोचका अवेशेषहरु कुनै न कुनै रुपमा अहिले पनि आफ्नो ती अहंकारी तुच्छ सोचहरु स्थापित गराउन प्रयास गरिनै रहिरहेका छन । त्यसमा एनआरएन भन्ने संगठन पनि समग्र नेपाली राष्ट्रियताको आवरणमा एकल हिन्दु अतिवादी र जातीवादी पहिचानको सर्वोच्चतालाई स्थापित गराउन खोज्ने संस्थाको रुपमा रहेका छन । केही व्यक्तिहरुको पदीय समावेशीतालाई देखाएर समग्रमा एकल धर्म र जातिको सामाजिक पहिचानलाई संस्थागत रुपमा एनआरएनले विश्वव्यापी रुपमा संरक्षण र प्रवद्र्धन गरिरहेका छन । यसै सन्दर्भमा एनआरएन पोर्तुगलको पछिल्लो भीमकमल केसीको दुईबर्षे कार्यकालले पनि केही झल्को दिएको छ । समष्टिगत नेपाली राष्ट्रियता बोकेका गैरआवसीय नेपालीहरुको बसोबास रहेको पोर्तुगलमा ती सबै गैरआवसीय नेपालीहरुको साझा संस्था भनेर दावी गर्ने एनआरएन पोर्तुगलको अध्यक्ष भएर भीम कमल केसी शेर्पा तामाङ गुरुङ मगर लगायतका संघ संस्थाहरुले आफ्नो विशेष चाडपर्वको आवसरमा आयोजना गरिएका कार्यक्रमहरुमा विशेष आतिथिकै रुपमा निम्तो गर्र्र्दा पनि आकालझुकल बाहेक उनी पुग्दैनन्, ती कार्यक्रमहरुमा उपाध्यक्षहरु, सुनिल संगम र राजन शेरचनहरुलाई प्रतिनिधि बनाएर पठाउछन तर, जब यही पोर्तुगलमा हिन्दु धर्मसँग सम्बन्धित भजनकृतन लगायतका कार्यक्रमहरु आयोजना हुन्छन्, त्यो बेला तिनी आफै फेसबुके लाईभ दिन पुगिहाल्छन् । यसले उनीभित्रको एकल हिन्दुअतिवादी सोचलाई प्रतिविम्बित गर्दछ र यस प्रकारको एकल धर्म र जातिको सर्वोच्चतालाई मात्रै स्थापित गराउने एनआरएन नेतृत्वको व्यवहार प्रति अरु विविध धर्म र सांस्कृतिक पहिचान भएकाहरुको वितृष्ण बढ्दो छ । त्यसै गरी उनको यस्तो व्यवहार र एनआरएन पोर्तुगलका केही गलत गतिवधिहरुबारे केही टिकाटिप्पणी हुँदा यसरी फरक मत राख्ने सबैलाई आफ्नो व्यक्तिगत र संस्थाकै सामाजिक संजालको आईडीहरुबाट ब्लक गरिहाल्छन र सबैको साझा संस्था मानिएको संस्थाको सुचनाहरु पाउने अधिकारबाट नै वञ्चित गरिदिन्छन, यसप्रकारको उनको संकृर्ण व्यवहारले पनि एनआरएन नेतृत्व प्रतिको वितृष्णलाई झन बढाव दिएको छ ।
अन्तमा, गैरआवसीय नेपाली संघ पोर्तुगल, यदि साँचो अर्थमा सबै गैरआवसीय नेपालीहरुको साझा संस्था हो भने, सबै भन्दा पहिला एकल धर्म र जातिको सांस्कृतिक पहिचानलाई मात्रै सहयोग, सदभाव र आत्मसात गर्ने संस्कार रोकिनुपर्दछ र सबैको नेपालीहरुको विविध पहिचानलाई आफ्नो बनाउन सक्नुपर्दछ । दोश्रो, यदि एनआरएन विसुद्ध गैरराजनीतिक संस्था विधानले भनेबमोजिम हो भने, नेपाली राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई पार्टीगत भागभण्डाको आधारमा पदीय सौदावाजी गर्ने कार्य बन्द गरिनु पर्दछ । र, तेश्रो, यो संस्था विल्कुल सामाजिक कल्याणकारी संस्था हो भने यहाँ पोर्तुगल आएर विविध कारणले अप्ठ्यारोमा परेका गैरआवसीय नेपालीहरुलाई संस्थागत पदीय जिम्मेवारीमा रहेकाहरुले विल्कुल सामाजिक भावनाका साथ सहयोग गरेर आफ्नो दायित्व पूरा गर्न सक्नुपर्दछ । यस्तो हुन सके यो संस्थाप्रति यहाँ रहेका सबै गैरआवसीय नेपालीहरको अपनत्व जागृत भएर आउछ, नत्र, एनआरएन पोर्तुगल भन्ने संस्था अहिलेको जस्तै कुनै खास जाति, वर्ग र पार्टीका कार्यकर्ताहरुको झुण्ड मात्रै बनिरहनेछन ।
#पेम्बा गेलु शेर्पा नेपाल पत्रकार महासंघ यूरोप शाखाका सचिव हुन् ।