पोर्तुगलमा तीज मनाएर नेपालमा वाढीपिडितलाई सहयोग
नेपाली नारी समाज पोर्तुगलले राजधानी लिस्बोनमा तीज बिशेष कार्यक्रमको आयोजना गर्दै जम्मा भएको रकम नेपालमा वाढीपिडितलाई सहयोग गरेर एक उदाहरणनीय कार्य प्रस्तुत गरेका छन्। प्रवासमा चाडपर्व र संस्कृतिको जगेर्ना गर्दै समाजसेवाको यो उत्कृष्ट नमुनाको पोर्तुगलावासी नेपालीहरुले मनैदेखि प्रशंशा गरेका छन्।
नेपाली नारी समाज, पोर्तुगलले आयोजना गरेको “बाढी पीडित सहयोगार्थ तीज बिशेष” कार्यक्रमबाट जम्मा भएको सहयोग रकम २ लाख चालिस हजार बौधी माइ गाउपालिका हाल इनरुवा टोलका ७२ घरधुरीलाई अत्यावश्यक पर्ने सामग्री वितरण गरेको छ। सो गाउमा ७२ घर धुरीमध्ये ४ घर धुरी एकल महिला छन । उनीहरुको तत्काल राहतका लागि :चामल २५ किलो,२ किलो चिउरा, तोरिको तेल १ लिटर, दाल मुसुरो १ किलो, नुन१ पोका, झुल १ थान , ब्लान्केट १ थान, सेनेटरी प्याड २थान, बाल्टी १० लिटर १ थान, र मग १ थान बितरण गरेको छ ।
एकल महिलाको निम्ति औषधि खर्चवाफत प्रती धुरी ३ हजार रुपैया नगद गरी जम्मा २ लाख ४० हजार रुपैया पठाईएको सहयोग भदौ १४ गते लायन्स क्लब अफ रौतहटर भिजन नेपालको सहयोग तथा रिपोटर्स क्लब नेपाल रौतहट शाखाको सहकार्यमा वितरण गरिएको थियो।
पोर्तुगलमा हरेक बर्ष डिजे कार्यमा सहयोग गर्ने समाजसेवी सुर्जे भट्टचनलाई बिशेष धन्यवाद।
तीज बिशेस 2017 पोर्तुगल !
Posted by सूर्जे भट्टचन् थकाली on Sonntag, 20. August 2017
नेपाली नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बरालले एक बिज्ञप्ति जारी गर्दै सम्पुर्ण सहयोगी मनहरु कृतज्ञता दर्शाउदै समाजले सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
Posted by Sita Baral on Mittwoch, 30. August 2017
तिज कार्यक्रमको एक झलक :