राजधानीमा सबैभन्दा सभ्य बासिन्दा खरिबोटका – जहाँ माइक्रो चढ्दा लाईन लाग्छन ( भिडियो सहित )

 

सार्वजनिक यातायात चढ्नु उपत्यकाबासीका लागि ठूलै संघर्ष गर्नुपर्ने विडम्वना उस्तै छ । अझ कार्यालय समयमा त युद्ध लडे झैं सार्वजनिक सवारीसाधन चढ्नुपर्ने बाध्यता उपत्यकाबासी माझ रहेको छ । ठेलमठेल, तछाँडमछाँडको बाध्यता बयान गरिसक्नु छैन । तर, काठमाडौँ वनस्थलीस्थित खरिबोटका यात्रुले उदाहरण नै प्रस्तुत गरेका छन् । यात्रुहरु माइक्रो स्टपमा लाइन लागेर अनुशासित भएर बस्छन् , जुन सबैलाई आश्चर्य लाग्न सक्छ ।

हो, यस्तै हुन्छ , सधैँ यहाँ । काठमाडौैँको भीडभाड र रत्नपार्कमा हरेक बिहान र साँझ देखिने तितो दृश्यलाई यहाँका वासीन्दाले अनुशासनको नमूना देखाएकाछन् । काठमाडौंको दौडा दौड र को पहिले भन्ने प्रतिष्पर्धा रहने काठमाडौंमा सुन्दा र हेर्दा सबैलाई अचम्म लाग्छ, माइक्रो स्टपमा यात्रुहरु यसरी लामबद्ध भएको देख्दा । बच्चा देखि बुढासम्म लाईनमा देखिन्छन् । माइक्रो बस आउँछ र रोकिन्छ, अुशासनको उदाहरण प्रस्तुत गर्दै यात्राुहरु पालैपालो भीडभाड नगरि क्रमबद्ध रुपमा माइक्रोमा चढ्छन् र एक असल नागरिकको परिचय दिन्छन् । क्षमता भन्दा बढी यात्रु माइक्रोमा बस्दैनन् जति अटाउँन छन् त्यतिनै बस्छन् । माइक्रो फर्कन्छ र बाँकी यात्रु फेरी अर्को माइक्रोको प्रतिक्षामा लाइनमै बसिरहेका हुन्छन् । त्यसो त यात्रुहरुको यस्तो ब्यबहारले रुटमा चल्ने सार्वजनिक सवारी साधानका चालक र सहचालक धेरै खुसी छन् । सधैँ यात्रुहरुलाई मिलेर बस्न भन्दा आँफु नराम्रो हुने परिपाटी यहाँँ नभएकोमा उनीहरु दंग छन् ।

 

स्थानीयहरु लाइनमा लागेर रुटको गाडीमा सवार भएपनि काठमाडौँका विभिन्न ठाउँमा भने पुनः सोही सास्ती ब्यहोर्नु पर्ने, चढ्दा एकले अर्कालाई ठेल्दै यात्रा गर्नुपर्ने स्थानीयहरुको गुनासो छ ।

सरकारलाई मात्र दोष दिने परम्पराको अन्त्य गर्दै आफैंबाट सहजता दिन सकिन्छ भन्ने बलियो उहाहरण मान्न सकिन्छ खरिबोटका यात्रुबाट । खरिबोटमा चालिएको सहि कदम उपत्यकाका विभिन्न क्षेत्रमा समेत लागु हुने हो भने यात्रा गर्दा यात्रुले सहजता महसुस गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार