हरी जोशी , अमेरिका । सुदुरपश्चिमेलीहरुको इतिहास र मौलिकता बोकेको गौरा पर्व अमेरिकामा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीले धुमधामसँग मनाएका छन् । यो बर्षको गौरा पर्व पेउवाउकेस्थित विसकन्सीनस्थित मन्दिरमा विधिविधानपूर्वक सम्पन्न भएको छ।
नेपाली परिवारका अध्यक्ष भूपेन्द्र विष्टको प्रमुख आतित्यमा भएको कार्यक्रम ज्येष्ठ नागरिक रामचन्द्र शर्माको सभापतित्वमा भएको थियो भने बासुदेव जोशीले गौराको इतिहास र महत्वबारे प्रकास पारेका थिए ।
Posted by WI Gaura Parba on Sonntag, 27. August 2017
सोही अवसरमा ड्रिमल्यान्ड पेट्रोलियमका सञ्चालक हर्जितसिन्ह वालिआले पाँच सय र छात्र रन्जक जोशीले एक सय डलर अध्यक्ष विष्टलाई हस्तान्तरण गरे ।
यसैगरी, छात्र जोशीले मिल्वाकीस्थित वाइटफिस बे एरियामा नेपाली बालबालिकाका लागि सञ्चालन गरिएको पाठशालाका लागि एक सय डलर पाठशाला संयोजक राजु ओझालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा स्वागत भाषण युवा व्यवसायी बासुदेब अधिकारीले गरेका थिए । गौरा पूजा कार्यक्रमको संयोजन हरि जोशीले गरेका थिए । यस्तै, आयोजक समिति सदस्यहरूमा बासुदेव अधिकारी, रामचन्द्र शर्मा, अनिल विष्ट, हेम शर्मा, तर्क ओझा, लेखनाथ तिमिल्सिना, मानव अधिकारी, लालबहादुर भण्डारी, ठन्डराज तिमिल्सेना, बासुदेव जोशी, मीन बोगटी, हेमराज ठगुल्ला, गोविन्द फुलारा, लोक भट्ट, मुक्ती रेग्मी, फत्ते चौधरी, भुवन जोशी, टंक जोशी, राजु ओझा, कुबेर मल्ल, ओम जोशी, राजेश्वर निरौला, हरि जोशी, दिनेश जोशी र दीपक जोशी रहेका थिए ।
सुदूरपश्चिमको संस्कृति जगेर्नाका लागि गौरा पूजा आयोजना गरिएको आयोजकले जनाएको छ ।सो अवसरमा महिला र पुरुषले छुट्टाछुट्टै देउडा खेलेका थिए भने ऋषिका जोशी र अर्चना खड्काले डेउडा नाच प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा राजेश्वर निरौलाले धन्यवाद मन्तव्य दिएका थिए ।
First Gaura Parba in Wisconsin ,USA(Deuda Khel)
Posted by Laxman Khadka on Sonntag, 27. August 2017