आखिर कस्को हो यो देश ?

  कबि तिमिल्सिना शर्मा

कबि तिमिल्सिना शर्मा 

आखिर कस्को हो यो देश ?
भन न, कस्को हो यो देश ?

तिम्रो भनौं भने
तिमीलाई देशको भन्दा सत्ताको माया छ
उसको भनुँ भने, उसलाई देशको ढुकुटी सँग
सरोकार छ
मेरो भनुँ भने, म कहाँ देशमा बस्न पाएको छु ?
हाम्रो भनुँ भने, हामीले गाली सिबाय देशलाइ दिएका के छौं?

बिदेशमा म खुब देश भक्त बन्दछु
मेरो देश कुन हो सोद्धा नेपाल भन्दछु
देशको तारिफमा दुई चार शब्द गाउँदछु
तर मैले नेपाललाइ नछोएको बर्षौं भैसकेको छ

आज मलाइ भनिदेओ
साँच्चै कस्को हो यो देश ?
के देशको नाम मात्र बोकेर हिंड्दा
देश आफ्नो हुन्छ ?
कि देशलाई जथाभावी हाँकेर
देश आफ्नो हुन्छ ?
दुई शब्द कागजमा कोर्दैमा देश आफ्नो ?
नागरिकता बोकेर हिंड्दैमा देश आफ्नो ?

देश हाम्रो नशा नशामा जब रुन्छ
यहाँको मायाले मनमा छुन्छ
जब यहाँ गान्धी जन्मन्छ तब यो देश
देश हुन्छ।
थाहा छ, मेरो रोष म सङ्गै मर्छ
यो देश अझै अन्योलमा,
यही प्रश्नसँग लड्छ। 

#   कबि तिमिल्सिना शर्मा 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार