“खै”

#   सबी महर्जन

खोट म मा मात्रै किन होला

मायाको रेखा हात मैं छैन की

धनसम्पतिभन्दाठूलो

माया हुँदै हैन की

सफा मन भाको कोहि

कतै त भेट्छु होला नि

मलाई निस्वार्थ माया गर्ने

कुनै दिन त आउला नि!!!

अस्ति एउटा आको थियो

माया गर्छु भन्दै थियो

मेरोलागिजूनतारा

एकै पलमा झार्छु भन्थ्यो

तिमीभनिमात्रैहेर

मुटु चुँडेर दिन्छु भन्थ्यो

आज ऊ खै कहाँ गयो

सपनाको कुरा गर्थ्यो

शरिरकोभोकोरैछ

हुन्न भन्दा रिसाएर

खैकहाँगयोकतागयो….

हिजोफेरिअर्कोआयो

घाउमा मलम लगाए झैं भयो

फिलोसोफी छोड्थ्यो धेरै

मन त उस्ले जिति हाल्यो

माया लाग्थ्यो धेरै उस्को

पूरा जीवन उसैसंग बित्छ झैं लाग्यो

तर  केटीसंग

ऊ विवाह गर्दै छ रे

खानदानी परिवार नाम र दाम

जीवन आरामले बिताउने अरे!!

कहिँ त होला नि

मलाई माया गर्ने मान्छे

मेरो आँसु पुछ्ने अनि

खुशीमा रमाउने मान्छे

सधै सधै देखेकी छु

स्वार्थकोमात्रैमायामैंले

मलाई निस्वार्थ माया गर्ने

कुनै दिन त आउला नि !!

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार