म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका ताकमका पृथ्वी केसी तेज बहादुर र दिलमायाँ केसीका एक्ला छोरा थिए । विद्यालय उमेरमै विवाह गरेका केसीको एउटा छोरा र श्रीमति पनि छन् । विना जोखिम, सजिलो माध्यमबाट अमेरिका पुगिन्छ भन्ने हल्ला गाउँमा चलेपछि साथीहरू संगै केसीले पनि मोटो रकम दलाललाई बुझाएर भारत हुदै अवैध माध्यमबाट अमेरिका लागे । परिवारका सदस्यले लामो यात्रा जोखिमपुर्ण हुनसक्ने भन्दै रोक्ने प्रयास गरेपनि विश्वकै आर्कषक गन्तब्यका रुपमा चिनिएको अमेरिकामा राम्रो कमाई हुने र परिवारको भविस्य पनि बन्ने भन्दै परिवारलाई समेत आश्वस्त पारे ।
भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुदै करिव १२ देशका समुन्द्र र जंगलको कठोर यात्रा परी मेक्सिकोमा पुगे । २०७० साल माघ महिनामा परिवारसंग अन्तिम भेट गरी अमेरिका तर्फ लागेका केसी मेक्सिको समुन्द्रमा नेपाली सहित विभिन्न देशका यूवाहरू सवार ढुंगा पल्टिएपछि ज्यान गुमाए । एकैपटक धेरै नेपालीले ज्यान गुमाएको घटना निकै लामो समयपछि मात्रै घरपरिवारले थाहा पाए । करिव १९ लाख रुपैयाँ नेपाली दलाललाई बुझाएरका केसीको न त शव परिवारले पाए न त पैसा ।घटना भएको बर्षो वितिसक्दा पनि अझै परिवारको आँखा रसाईरहेका छन्। अमेरिकाको सपनाले परिवारलाई नै तहसनहस बनायो । सुखी परिवारमा कालो बादल लाग्यो ।
घटनाका बारेमा फरक–फरक जानकारी आएपनि एकैपटक धेरै नेपालीले ज्यान गुमाएपनि अवैध माध्यमबाट गएकाले परिवारले कानुनी प्रक्रियामा सहभागि हुन नपाएको स्थानीयको भनाई छ । समुन्द्रमा मेक्सिको प्रहरीले नियन्त्रणको प्रयास गर्दा अनियन्त्रित भएर ढुंगा समुन्द्रमा पल्टिएको उनीसंगै गएका अर्को समुहले जानकारी गराएको समेत उनले बताए । मृतक केसीका बुवा बैदेशिक रोजगारको सिलसिलामा बराइनमा कार्यरत छन् ।
ऋण खोजेर अमेरिका उडेका केसीको बैदेशिक रोजगारमा गएका बुवाले लामो समय लगाएर तिरेका थिए । मृतकका परिवारले छोरालाई अवैध माध्यमबाट पठाउनेहरूको खोजी गरेपनि पहिचान गर्न सकेनन् । हरेक बर्ष म्याग्दीबाट ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जाने यूवाहरूको भिड नै देखिन्छ । काठमाण्डौमा रहेका दलालले जिल्लासम्म सञ्जाल विस्तार गरेको छ । यूवाहरूलाई खोजे बापत निश्चित रकम समेत उपलब्ध गराउने, जाने रुट सहित फोटो र सञ्चारमाध्यमसम्म नपु¥याउनेलाई दुईचार लाख सस्तो गर्ने गरेको समेत यूवाहरूको भनाई छ ।
जिल्ला तहमै आर्कषक जागीर भएकाले समेत अवैध माध्यमबाट अमेरिका जान थालेपछि आर्थिक अवस्था कमजोर भएका सहित बेरोजगार यूवाले चर्को ब्याजदर तिर्ने सर्तमा अमेरिका जाने गरेका छन् । पुरुष संगै यूवतीले समेत यो मार्ग रोज्न थालेपछि समस्या जटिल बनेको छ । बेनी नगरपालिका सहित ५ गाउँपालिकाका यूवाहरू अवैध माध्यमबाट अमेरिका जाने गरेको भएपनि ज्यानको सुरक्षाको कुनै ग्यारेन्टी छैन् । अमेरिका पुगेका यूवाले मध्यरातमा समुन्द र जंगलमा यात्रा गर्ने क्रममा धेरै बाटोमै हराउने भएपनि दलाले त्यसका बारेमा बेलेमा अमेरिका कानुनी प्रक्रियामा असहयोग गर्ने धम्की दिने गरेकाले पनि धेरै तथ्य गुमनाम हुने गरेको छ ।